बलात्कारीलाई फाँसी !
क्रान्ति शर्मा
केही घटनाहरू जो अप्रत्यासित, अचानक घटिदिन्छन् भने केही मानिसहरूको नियतले घट्ने गर्दछन् । हर घटनारुका पक्ष, विपक्ष दुवैका निम्ती न्याय, सजाय त बनाइयो तर के सबै कार्यान्वयन भए त ? के साँच्चिकै प्रभावकारी बन्यो त ?
हरेक दिन कही न कही बलात्कारका घटनाहरू घटिनै रहेका छन् । पछिल्लो समयमा यी यस्ता घटनाहरू अत्याधिक बढिरहेको महसुस हामी सबैलाई भएकै हो । यसकारण पनि सञ्चार माध्यम, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालभरी नै यस्ता घटनाहरूको घोर भत्र्सना र अपराधीलाई फाँसी दिनुपर्ने लगायतका आवाजहरू बढिरहेको देखिन्छ ।
हुन पनि हो, मानवता नै नभएका यस्ता त्र्रmूर, दानवी मानवीय स्वरूपलाई फाँसी नै जायज छ । यी घटनाहरूका कारण हर घरमा आफ्ना छोरीहरू नै आफ्नै बुबा, दाईभाईसँग नै डराउन बाध्य छन् । घरछिमेक, साथीभाइ, सबैसँग त्रास छ । झन त जसलाई समाजको सुरक्षाका निमित्त समाजमा खटाइएको छ उनै सुरक्षाकर्मीहरूबाटै नै छोरीचेलीहरू भयवित छन् । हर घटनाहरू मध्येमा दुई चार अपराधीमा यी नै सुरक्षाकर्मीहरू पर्न थालेका छन् ।
नारी । युवतीहरू प्रतिको यो अनौठो मोह पुरुषमा भरखर आएको त होइन । विभिन्न ग्रन्थ, वेद, गीता, महाभारतमा पनि यस्तो मोहको चर्चा उल्लेखित छ । तर त्यो मोह अचेल अबोध बालबालिकाहरूलाई सिकार बनाउने प्रत्येक मान्छे, अपराधीलाई सानोतिनो सजाय त जायज नै छैन ।
पछिल्लो समय मात्रै हे¥यो भने पनि ५÷६ वर्षका बालिकादेखि लिएर १८÷१९ का युवतीहरू बढी मात्रामा बलात्कारको सिकार बनेको देखिएको छ । स्कुल पुगेर घर फर्किन नपाउँदै बाटोमै बलात्कृत भइ मारिन्छन् । कोही छाऊ ेठमा नै मारिन्छन् । यी यस्ता घटनाहरू यसरी लेख्दै गर्दा पनि मन चिसो हुन्छ । आफूलाई पीडा भए जस्तो हुन्छ । हजारौं आक्रोसहरू आउँछन् र लाग्छ ती यस्ता अपराधीहरूलाई खोज्दै जुउँदै जलाउँदै हिडौं कि जस्तो पनि हुन्छ भने ती पीडित युवतीहरूलाई कति पीडा भयो होला ? पीडित परिवार कति दुखी होलान् ?
ठाउँ–ठाउँबाट आवाज उठिरहेका छन् ः
देशमा वेश्यालय खोली दे सरकार !
यस्ता अवराधीलाई बीच बाटोमा जिउँदै जलाएर फाँसी दे सरकार !
हो, छोरी जन्मिदै कम्फू र कराँते सिकाउने व्यवस्था गरिदे सरकार !
यी यावत मागहरू बढिहेका छन् । यदि यी यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नु छ भने केही त यस्ता कठोर नीति अपनाउन पनि त जरुरी छ । जसले अपराध गर्नेभन्दा अगाडि अपराधीले एक पटक सोचोस् र अपराध नै नगरोस् । यदि गर्छ नै भने सजाय पाओस्, मुक्ति होइन ।
दोषी सरकार पनि होइन । किनकी कोही पनि सरकार जसले यस्ता घटना घटोस् भन्ने पक्कै चाहादैन । तर यी घटनाहरू किन बढिरहेछन् ? न्यूनीकरणका निम्ती कस्ता कदम चाल्ने ? सजाय के दिने ? भन्ने निश्कर्षका निम्ती सरकार बलियो हुन जरुरी छ । सरकारको ध्येय नै सर्वसाधारण जनताको सुख, चैन, सुरक्षा गर्नु हो । यदि यो हुन सकेन भने सरकार पनि दोषी हुनेछ । त्यसकारण सरकारको सही कदमको आवश्यकता छ । बलात्कार जस्तो अपराध गर्ने अपराधीलाई सजाय कस्तो दिने छ ?
सजाय ‘फाँसी’ नै दिनुपर्छ भन्ने मान्यता पनि जायज नै छ । अपराधीले बलात्कार पछि विभत्स तरिकाले पीडितलाई मार्न सक्छ भने के त्यो अपराधीलाई ‘फाँसी’ दिन उपयुक्त नहोला त ! त्यो अपराधीलाई ‘फाँसी’ नै उपयुक्त छ । यदि यो भन्दा भयंकर अर्को कुनै सजाय छ भने त्यही सही । नत्र यो फाँसीको माग उचित नै देखिन्छ ।
समाजमा त्रास, डर, भय, असुरक्षा, आक्रोशको सान्तवना केही हो भने त्यो फाँसी नै हो ।
नीति नियमहरू त्यतिसम्म लचिलो पनि हुनुहुँदैन कि जसपं्रति सर्वसाधारणको जनविश्वास नै उडोस् ।
बलात्कारीलाई मुक्ति होइन मृत्युदण्ड ‘फाँसी’ नै हुनुपर्छ । भविश्यका डरले वर्तमानमा हजारौं चेलीहरूको बलिदान दिन विल्कुलै उपयुक्त छैन । कुनै पनि चेलीको डरलाग्दो त्यो दृश्य त्यो मृत्युसँगको चित्कार, रक्ताम्मे शरीरको पीडा आँखाको आसुको मूल्य संसारको कुनै पनि नियमले मान्छेले सरकारले नै पनि चुक्ता गर्न सक्दैन । जति पीडा चेली, युवती, बालिकाले भोग्नुपर्छ त्यति पीडा त्यो अपराधीले कहिल्यै अनुभव गर्न सक्दैन । कमसेकम थोरै भएपनि महसुस त गर पीडाको ।
बलात्कारीलाई त्यस्तो भयंकर मृत्यु दिनु नै पर्छ जसको प्रभाव हर पुरुषहरूमा परोस् र त्यो अपराधको बाटो कहिल्यै लाग्ने आँट नगरुन् ।
साझा बिसौनी ।