भानुमार्ग टोलमा राना

सुर्खेत, २३ चैत । 
भानुमार्ग टोल विकास संस्थाको १० औं साधारणसभा मंगलवार सम्पन्न भएको छ । वीरेन्द्रनगर ईत्राममा रहेको टोल विकास संस्थाको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । संस्थाको अध्यक्षमा सुरेन्द्रजंग राना चयन भएका छन् । यस्तै साधारणसभाले उपाध्यक्षमा तीला श्रेष्ठ, सचिवमा डीला थापा र कोषाध्यक्षमा चन्द्राकुमारी भट्टराईलाई चयन गरेको छ । साधारणसभा संस्थाका अध्यक्ष तुलसा चन्दको अध्यक्षता तथा भानुमार्ग स्वास्थ्य आमा समूहका अध्यक्ष चन्द्रकला शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यस्तै संस्थाको सदस्यहरूमा सुनिता सापकोटा, निर्मला कालुङ, रेवतीकुमारी खत्री, जलधारा हमाल, अनिता रोकाय, प्रितमा ठाडा, विष्णा शाही, सीता नेपाली र खेमा तिमिल्सेना चयन भएका छन् । सो अवसरमा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
प्रकाशित मितिः   २४ चैत्र २०७२, बुधबार ०५:३९