ऋषिको स्मृतिमा रक्तदान

सुर्खेत, २३ चैत । 

एमाले नेता स्वर्गीय ऋषिप्रसाद शर्माको स्मृतिमा मंगलवार वीरेन्द्रनगरमा रक्तदान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) सुर्खेतको आयोजनामा रक्तदान गरिएको हो ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्काले जानकारी दिए । अध्यक्ष खड्काको सभापतित्व तथा ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ऋषिकै स्मृतिमा आज (बुधवार) सुर्खेत क्याम्पस शिक्षामा प्रगतिशील गजल प्रतियोगिता गरिने जनाइएको छ ।