आन्दोलनको तयारी गर्दै कांग्रेस

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ साउन ।
नेपाली कांग्रेस सुर्खेतले सरकारविरुद्ध आन्दोलनको तयारी गरेको छ । वर्तमान सरकारले जनताको हितविपरितका काम गर्न थालेको भन्दै सुर्खेत कांग्रेसले आन्दोलनको तयारी थालेको हो । यही साउन १५ गते कांग्रेसले वीरेन्द्रनगरमा विरोध प्रदर्शन गर्ने जनाएको हो ।
पार्टीको केन्द्रीय कार्यक्रम अनुसार सुर्खेतमा पनि जिल्ला कार्यसमितिले विरोध कार्यक्रम गर्न लागेको हो । उक्त विरोध कार्यक्रमलाई सफल बनाउन भन्दै शुक्रवार नेपाली कांग्रेस सुर्खेतको बैठक नै बसेको छ । पार्टी सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको बैठकले यही साउन १५ गते हुने विरोध कार्यक्रमलाई दबाबमूलक बनाउने निर्णय गरेको छ ।
बैठकले पार्टीका गाउँ, नगर, क्षेत्रीय समिति र भातृ तथा शुभेच्छुक संगठनहरूलाई सहभागी हुन आव्हान गरेको छ । साउन १५ गते दिउँसो १ बजे मंगलगढीदेखि विरोध ¥याली प्रदर्शन गर्ने कांगे्रसले जनाएको छ । विरोध कार्यक्रमलाई व्यवस्थित गराउनका लागि तीन वटा उपसमितिसमेत गठन गरिएका छन् । गोपालकृष्ण गिरीको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति गठन गरिएको छभने तरुण दलको संयोजकत्वमा प्लेकार्ड, झण्डा, स्वयंसेवक व्यवस्थापन र नेविसंघको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रकाशित मितिः   १२ श्रावण २०७५, शनिबार १२:१५