नेपाली समाजमा वीपीको शिक्षा

आजभन्दा एक सय चार वर्ष अगाडि अर्थात् वि.स. १९७१ भाद्र २४ गते भारतवर्षको प्रसिद्ध धार्मिक सहर बनारसमा जन्मिएका विश्वेश्वरप्रसाद कोइरालाले वि.स. २०३९ साल साउन ६ गते आजकै दिन पार्थिक शरीरलाई त्यागेका हुन् । विद्रोही बाबुका सुयोग्य छोरा वीपी आधुनिक नेपाली राजनीतिका एक रोडमोडल हुन् । हुन् त टंकप्रसाद आचार्य, रामहरि शर्मा, लखन थापा, डिल्लीरमण रेग्मीहरूले नेपाली राजनीतिक गतिलाई बाटो नदिएका हैनन् तर वीपी जत्तिकै सुस्पष्ट विचारका साथ बाटो दिने काम गरेनन् । यसर्थ वीपी गैरवामपन्थी विचाधारका अग्रणी प्रेरक हुन् । नेपाली समकालीन राजनीतिको धरातलमा वीपीको पार्टी कमजोर देखिएको छ । वीपीको गैरविचारको पार्टी सशक्त बने पनि सशक्त पार्टीका अग्रणी नेताहरूले राजनीतिमा वीपीलाई बिर्सदैनन् । तत्कालीन समयमै पुष्पलालको वीपीप्रति गहिरो श्रद्धा थियो । मनमोहन, तुल्सीलाल लगायत पुराना कम्युनिष्ट नेताका पनि वीपी त्यत्तिकै श्रद्धेय थिए । विचारलाई अलग राख्दा जानेर वा नजानेर बुझ पचाएर वा नपचाएर सबै कम्युनिष्ट राजनीति कार्गोका वीपी प्रेरक नै छन् । विचार अलग पाटो हो । वीपीका चरित्र सतप्रतिशत ठीक छन् भन्ने सही हैन ।

जे भए पनि वीपीले आफ्नो कोणबाट नेपाली समृद्धिका महŒवपूर्ण गोरेटोहरू खनीदिएका छन् । इतिहास धर्म, राजनीति समाजमा सघन ज्ञान आर्जेका वीपीले साहित्यलाई विशिष्ट मोड दिए । तत्कालीन संकुचित, साँघुरो र अँध्यारो नेपाली साहित्यको दिशालाई मनोविज्ञानका प्रवाह दिएर विशाल नदी बनाउने वीपीकै योगदान हो । वीपी आधुनिक राजनीतिका शिखर पुरुष मात्र रहेनन् साहित्यका पनि रहे । स्नातक गरेका वीपी प्रधानमन्त्री भएर चीन जाँदाका बखत अहिलेको कोदारी राजमार्ग निर्माणको चिनिया प्रस्तावलाई महŒव दिएनन् । राष्ट्रवादी भनिएका राजा महेन्द्रले त्यो प्रस्ताव बाध्य भएर स्वीकार गरेर फर्कदा साम्यवाद राजमार्गमा गाडी चढेर नआउने बनिबनाउ प्रतिक्रिया बताएर आइरहँदा वीपी तत्कालीन राजा

 

को पञ्चायती व्यवस्थाका साधनद्वारा जनताको समद्धि आउँछ भन्ने विचारमा थिएनन्, साथ दिएनन् र झुकेनन् बरु ओखलढुंगामा सशस्त्र आन्दोलनको ज्वाला बाल्न प्रेरणा दिए र क्याप्टेन यज्ञबहादुर थापाले शहादत प्राप्त गरे । धेरै नवयुवालाई आक्रोशको बीउ थपे ।

वीपीमा जनताको सहभागिताविना समृद्धि हुन नसक्ने निश्कर्ष भए पनि वीपीले जनताको भावना आफू अनुकल बनाए । जनता अनुकूल बनाएको भए आजको कांग्रेस, नेपाली जनताको मुटुको स्पन्दन बन्ने थियो तर भएन । तर वीपीले जनताको समृद्धिका मानक भने बनाएका थिए । सेतोघर, दुहुनो गाई, बाख्राका पाठासहितको प्रत्येक नेपाली किसानको सुखद् परिवार वीपीको परिकल्पना हो । प्रत्येक नागरिकले समकालीन समाजको विशेषताका आधारमा आदर्श बनाउने हो । वीपी आज पनि जीवित भएको भए यो मानक अवश्यै फेरिन्थ्यो । मानकप्रति कुनै गुनासो छैन । प्रजातन्त्र, समाजवाद र राष्ट्रियता वीपीका समृद्धिका मूलमन्त्रहरू हुन् । राजनीतिका लागि प्रजातन्त्र समाजका लागि समाजवाद सार्वभौमिकताका लागि राष्ट्रियता वीपीका गणसंकेतहरू हुन् । तर वीपीलाई गण्डक सझौता गरेयता दलाल भने पनि आजसम्म पुष्पलालका अनुयायीहले पनि महाकाली सम्झौता गरेकै छन् । एकपछि अर्को कौडीको मोलमा नेपाली नदीनालाहरू भारत तथा चीन र पश्चिमाहरूलाई सुम्पिरहेबाट वीपीलाई, मातृकालाई, राणालाई दलाल भन्नेबाट बचेको छ । 

यति हुँदाहुँदै पनि नेपाली जनतालाई, कम्युनिस्टलाई र प्रतिपक्षलाई व्यवहारतः वीपीले कहिल्यै नजिक देखेनन् । बरु दरबारसँग घाँटी जोडेर पछिल्लो समयमा अगाडि बढ्ने प्रयास गरे । तर राष्ट्रियता निरपेक्ष विषय हो । राष्ट्र बचाउनका लागि गरिने नेपाली हर नागरिकमा उनका सकारात्मक सबै प्रयासहरू नमनीय, स्वागतयोग्य, स्तुत्य र सम्माननीय छन् । इतिहास प्रत्यक्ष हुन्छ । तर इतिहासकै विडम्बना त्यसै समयमा आफूलाई परिक्षणीय ठान्दैन । वीपी इतिहासका जाज्वल्यमान पात्र, चरित्र र परिवेश निर्माता तथा सिल्पी हुन् । वीपीले जे गरे राष्ट्रियताका लागि ठीक थियो तर प्रजातन्त्रको राजतन्त्र प्रत्यक्ष सवल बाधक बन्यो । निरंकुश राजतन्त्रका माध्यमद्वारा नेपाली समाजको समुन्नति हुने गलत बाटो खनेर वीपीको कल्पनाले विपना पाएन । सपनामै वीपी सदाका लागि अलविदा पाए । अहिले पनि वीपीको राष्ट्रिय मेलमिलापको नीति सान्दर्भिक छ । तर वीपीले अहिले पनि नेपाली राजनीतिको मूलधारमा आउन सकेका पचास प्रतिशतभन्दा बेसी कला कर्णाली, दलित, महिला, जनजाति र मधेशी नेपाली नागरिक, वास्तविक नेपाली अर्थतन्त्रका चालक मूलधारमा आउने सकेका छैनन् । राणा, राजा, अगुवाल चौधरी, गोल्छा, केडियाद्वारा प्रकाशित नेपाली अर्थतन्त्र तथा अनौपचारिक अर्थतन्त्र समानान्तरको आसेपासे काँठे पूँजीवादले शासन गरिरहेको नेपाली राष्ट्रियता वास्तवमै खतरामा छ । कूल तीस खर्बको नेपाली अर्थतन्त्रका प्रवाहमा ६६ प्रतिशत ऋण र व्यापारघाटामा गुज्रिएको नेपाली आर्थिक राष्ट्रियताका बीच वीपी भइदिएको भए पक्कै पनि राष्ट्रियता प्राप्तीका साधनहरू वीपीले दिँदा हुन् ।

वीपीका समृद्धिका आफ्नै अनुभव र अनुभूति छन् । वीपीले धेरै ठाउँमा नेपाली कांग्रेसका आफ्ना अनुयायीहरूलाई तिम्रा हातहरू सर्वप्रथम नेपाली गाउँले माटोमा चोप भनेका छन् । यसले वीपीलाई व्यावसायिक नेता बनाएको हो । तर वीपीका अनुयायीहरूका के कति हातहरू माटोमा चोपिएका होलान् ? यस भनाइले वीपीले नेपाली सच्चा नागरिकको रगत, पसिनाको मूल्य निरूपण त गरे तर अन्तिम ठाउँ भनेको किसानको रगत चुस्ने दरवार हो कहिल्यै भनेनन् । कम्युनिष्टले राजदरबारका राजालाई महामुखिया भनिरहँदा गोल–मटोल भाषाशैली बनाए । साहित्यमा सुस्पष्ट गोरेटो बनाउन सफल वीपी आजीवन पञ्चायतविरुद्ध लडेर आफूलाई योद्धा, कर्मशील धैर्यवान् बनाएका छन् । यसले अनुजहरूलाई थप प्रेरणा दिएका छन् ।

आजपर्यन्त नेपाली कम्युनिष्टले मेलमिलाप नीतिलाई बाघ र बाख्राको विम्व दिएका छन् । कांग्रेसले वीपीको मूल सुत्रलाई नेपालीको युग सुहाउँदो नारा भन्दै आएका छन् । वीपीलाई यस क्षणमा आएर उल्लेख किन गर्नुपरेको छ भने सिंहदरबारमा नेपाली किसानले हलो जोतिरहेको फोटो राख्न सुझाउनु पनि एउटा प्रतिकात्मक प्रहार हो । जबकी सिंहदरबारमा राजारानीका फोटोले नसजिउन भन्ने प्रतिकात्मक अर्थ बोकेका वीपीलाई पढ्नुपर्ला ।

नेपालमा सहकारी ऐन वीपीकै पालामा लागू भएको हो । वीपीले आफ्नो लेखनलाई मनवतावादी गोरेटोमा डो¥याएका छन् । विसंगतिवाद, अस्तित्ववाद, आध्यात्मिकता, नैतिकता पनि वीपीका बाटाहरू हुन् । राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेका छन् । मिथकीय लेखनलाई आमत्रण गरेका छन् । प्रकारान्तरले वीपीले नेपाली समाजको निर्माण कैयन पारुहाङ र सुम्निाहरूको योगदान छ भन्ने निश्कर्ष निकालेका छन् । यसबाट वीपी काल्पनिक मानवतावादी जस्ता पनि लाग्छन् । वाग्गी पात्रको निर्माण, अराजकतावादको प्रमुख निशेषता हो । वीपीले तत्सम हिन्दी, अंग्रेजी मैथलि शब्दको आमन्त्रण, प्रयोग र परीक्षण गरी भाषिक योगदान पनि गरेका छन् । वीपीले अन्तर्राष्ट्रिय वादका बारेमा अनुवाद भने गरेको देखिन्न । यसरी उनले तत्कालीन जर्जर व्यवस्था पनि चिन्तन, जीवनशैली र व्यवहारमा कथनी र करनी मिलाएका छन् । वीपीले आफूलाई व्याख्याता बनाएका छन् ।

प्रजातान्त्रिक लेखक संघ वीपीकै प्रेरणा स्रोत हो । परीक्षामा आजका कांग्रेजी लेखक कति स्तरीय छन् ? परीक्षणीय विषय हो । सबैसँग मिलेर गुमेका संसदीय व्यवस्था पुर्नप्राप्तीमा वीपी चुप रहनु सीमा हो भने पहिलो जननिर्वाचित नेपालीको छोटो प्रधानमन्त्री बन्नु वीपीको सर्वोच्च प्राप्ती हो । दुई तिहाइको घमण्ड वीपीको ठूलो कमजोरी हो । चीनसँगको दौत्यसम्बन्धलाई अग्नीकिरण गर्नु वीपीको राजनीतिक सफलता हो र भारतसँगको परनिर्भरता कम गर्ने सकारात्मक प्रयास हो ।

गान्धीको प्रभावभन्दा पनि वीपीमा पश्चिमा दर्शनको बढी प्रभाव छ । वीपीको अहिलेको कांग्रेसले पनि दरबारलाई चिन्न सकेको छैन । पछिल्लो समयको संविधान लेखनमा कांग्रेसले बेविकिङ, शेर मोनियल, कल्चरल किङ बनाउने प्रयास गर्नु यसैको स्पष्ट उदाहरण हो । जे होस् वीपी नेपाली राजनीतिका श्रद्धेय चरित्र हुन् । श्रद्धेय चरित्रको सम्मान सबैको सम्मान हो, ऊर्जा हो र शिक्षा हो । सन्देश बनेर भावी भविश्यलाई दिशा निर्देशन हुनसक्छ । नेपालको समकालीन र नैतिक वातावरण निर्माणमा वीपीको अतुलनीय योगदान रहेको छ भन्ने निश्कर्ष निकाल्न सकिन्छ ।

प्रकाशित मितिः   ६ श्रावण २०७५, आईतवार १४:५८