जुम्लामा नौ हजार परिवार गरीब

जुम्ला, ४ साउन । (साबिस)
जुम्लामा नौ हजार एक सय ४७ जना गरीब घरपरिवार रहेका छन् । जुम्लाका आठ वटा स्थानीय तहमा नौ हजार एक सय ४७ जना रहेको तथ्यांक सार्वजनिक गरिएको हो । जुम्लामा रहेका गरीब घरपरिवारमा मध्ये तीन समूहमा वर्गीकरण गरिएको छ । अति गरीब, मध्यम गरीब र सामान्य गरीबको सूची सार्वजनिक गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकामा पाँच सय ८० अति गरीब, ती सय ५४ जना मध्यम र सामान्य गरीब तीन सय ३३ जना गरी एक हजार दुई सय ६७ जना गरीब छन् । सिँजा गाउँपालिकामा ६ सय नौ अति गरीब, तीन सय ५१ जना मध्यम र सामान्य गरीब एक सय ९५ जना गरी एक हजार एक सय ५५ जना परिवार गरीब रहेका छन् । हिमा गाउँपालिकामा सात सय १४ अति गरीब, तीन सय ७ जना मध्यम र सामान्य गरीब, एक सय ९९ जना गरी एक हजार दुई सय १९ जना गरीव रहेका छन् । यस्तै तिला गाउँपालिकामा ६ सय सय २० अति गरीब, चार सय ७४ जना मध्यम र सामान्य गरिब २ सय ९४ जना गरी १ हजार ३ सय सय ८८ जना रहेका छन् भने तातोपानी गाउँपालिकामा ५ सय ९३ जना अति गरिब, ४ सय २२ जना मध्यम र सामान्य गरिब २ सय ७२ जना गरी १ हजार २ सय ९० जना गरिब रहेका छन् । त्यसैगरी चन्दननाथ नगरपालिकामा ४ सय ५८ जना अति गरिब, २ सय ८८ जना मध्यम र सामान्य गरिब २ सय ८३ जना गरि १ हजार ९२ जना गरिब घरपरिवार रहेका छन् ।
गुठीचौर गाउँपालिकामा ४ सय २४ अति गरीब, तीन सय ४७ जना मध्यम र सामान्य गरीब तीन सय एक जना गरी एक हजार ७२ जना र पातारासी गाउँपालिकामा दुई सय ८५ अति गरीब, दुई सय ३१ जना मध्यम र सामान्य गरीब दुई सय ११ जना गरी सात सय २७ जना गरीब परिवार रहेका छन् । तथ्यांकमा अति गरीब चार हजार दुई सय ८६ जना मध्यम गरीब दुई हजार ७ सय ७७, सामान्य गरीब दुई हजार ८८ जना रहेका छन् । वि.सं. २०६८ को जनगणना अनुसार एक लाख २० हजार जनसंख्या रहेको छ ।

प्रकाशित मितिः   ५ श्रावण २०७५, शनिबार १६:०१