‘कलेजमा कहिल्यै दोस्रो भइनँ’

पञ्चपुरी नगरपालिका–१० तातापानी सुर्खेतमा वि.सं. २०५२ साल मंसिर १६ मा जन्मिएका जगत ढकाल सानैदेखि पढाइमा अब्बल थिए । बुबा चन्द्रप्रसाद ढकाल र आमा धर्मादेवी ढकालको माइलो छोरोको रुपमा जन्मिएका जगतले हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकि तथा समाजशास्त्र संकाय अन्तर्गत छेठौं सेमेस्टारमा पढ्दैछन् । जनसिर्जना माध्यमिक विद्यालय तातापानी सुर्खेतबाट वि.सं. २०६८ सालमा एसएलसी पास गरेका उनको सानैदेखि गणित पढ्ने सपना थियो । विद्यालय पढ्दा पढाइमा ठीकै भएपनि कलेज लाइफमा भने जगत कहिल्यै दोस्रो भएनन् । पढाइसँगै राजनीतिमा समेत सक्रिय रहेका जगत ढकालले आफ्नो कलेज लाइफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खोलेंः


पहिलो दिन कसैसँग परिचय पनि थिएन्, तर पनि रमाइलो नै भयो । सरहरूसँग नजिकीने मौका मिल्यो र नयाँ वातावरणमा कलेज लाइफको अनुभूति गर्न पाउँदा रमाइलो नै भयो । कलेजबाट फर्कदा चाहेको विषय पढ्न पाएकोमा खुशी पनि भएँ । कलेजको पढाइ विद्यालयको पढाइमा फरक हुन्छ । विद्यालयमा साथीहरूसँग घुलमिल भइन्थ्यो तर कलेज लाइफमा त्यति घुलमिल भइएन । पढाइलाई मात्र महŒव दिइन्छ । पढाइको तुलनामा पनि कलेज र विद्यालय उस्तै–उस्तै हो तर विद्यालयमा विद्यार्थीहरूलाई बढी हेरचार गरिन्छ भने कलेजमा कर्तव्य मात्र पालन गरिन्छ । कलेज बाहेक घरमा प्रायः म रातीमा पढ्ने गर्दछु । दिउँसोमा साथीहरूसँग घुलमिल हुने र गफगाफ गर्ने गरिन्छ ।
कलेजमा मलाई सबैभन्दा मनपर्ने भनेको खुल्ला वातावरणमा पढ्न पाइन्छ त्यो एकदमै मनपर्ने गर्दछ । र नरमाइलो पक्ष भनेको विद्यालयमा जस्तो विद्यार्थी र शिक्षकबीच निकटता र आत्मियता हुँदैन ।
मलाई जिन्दगीमा पढ्नै नपरे हुन्थ्यो भन्ने कहिल्यै लागेन । किनकी म पढाइको किरो हुँ । बरु कसरी पढाइमा अब्बल हुने भन्ने मात्र ध्यान भइरहन्छ सधैं । मैले पढ्ने विषयको छनौट म आफैले गरेको हो, मलाई सानैदेखि गणित विषयमा बढी रुची हो । बुबाआमा वा घरपरिवारको चाहाना खासै त्यस्तो थिएन् । छोरोको ईच्छा अनुसार जे पढ्न चाहे पनि पढाउने लक्ष्य थियो । मैले जनता उच्च माध्यमिक विद्यालय विद्यापुर सुर्खेतबाट एजुकेशन म्याथमा प्लसटु पास गरें । अहिले म मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट म्याथमा बीए छैटौं सेमेस्टारमा पढ्दै छु । कलेज लाइफमा फिल्म हेर्न बिदाको दिनमा घरबाट भागेर गइन्थ्यो । खाजा खाने पैसाले फिल्म खुब हेरिन्थ्यो ।
म पढाइमा नै ध्यान दिने मान्छे, कलेज लाइफमा त कहिल्यै द्वितीय भइन् । विद्यालय जीवनमा भने मध्यमनै थियो, मेरो पढाइ । मेरो पढाइलाई यतिसम्म सफल बनाउनमा मेरो आमाबुबाको राम्रो भूमिका छ । घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि यो अवस्थामा आएको छु खुुुशी लाग्छ ।
प्रेम एकअर्काको सुख दुःख साटासाट गर्ने माध्यम हो । मेरो प्रेम बुबा–आमा नै हो । जसले मेरो जीवनमा सफलताको बाटो थप्न सहयोग गरिदिनुभयो । आमा–बुबाको यो प्रेरणाले म कलेज लाइफको पढाइमा कहिल्यै द्वितीय भइन् । मलाई सबैभन्दा बढी पढाइलाई विशेष ध्यान दिन मनपर्छ । मेरो पढाइ सानै देखि राम्रो हो । विद्यालयस्तरमा प्रथम, द्वितीय, तृतीय कहिल्यै छुटेन । कलेज लाइफमा भने कहिल्यै द्वितीय भएको छैन, अहिलेसम्म पनि ।
हामी तीन भाइ छौं । आमा–बुबाको पेशा कृषि नै हो । जीवनमा दुःखको क्षण पार गरेर नै यहाँसम्म आएको हुँ । घरको आर्थिक अवस्था कमजोर थियो पढ्न समेत हम्मेहम्मे हुन्थ्यो । मैले कलेज पढ्दा कमाउँदै पढ्दै गरेको हुँ । मलाई यहासम्म पु¥याउनमा आमा–बुबाको विशेष देन छ । म प्लसटू दिएर बसेको थिएँ, त्यो बेलामा एसएलसीका भाइबहिनीलाई समेत ट्युशन पढाउने अवसर पनि पाएको थिएँ । सँगसँगै नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय मोतीसेरा–८, गुटुमा निमाविमा म्याथ विषय पढाएँ, २०७१ सालमा । अहिले घरको आर्थिक अवस्था पनि राम्रो छ । विस्तारै घरको आर्थिक अवस्था पनि सबल हुँदै जाँदा खुशी लाग्छ ।
शिक्षा व्यक्तिका लागि सबैभन्दा महŒवपूर्ण पाटो रहेछ । मेरो पनि भविष्यको लक्ष्य शैक्षिक योग्यता हासिल गरेर देशको लागि दक्ष जनशक्ति उत्पादन गर्न विशेष योगदान दिने मन छ । मेरो पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा नै हुनेछ । त्यसको अलवा मलाई राजनीति गर्न पनि मनपर्छ । मलाई राजनीतिमा स्वच्छ प्रतिष्प्रर्धा गर्न मनपर्छ । अहिले अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजकको रूपमा काम पनि गरिरहेको छु ।