उद्योग संघको अध्यक्षमा उपाध्याय

साझा बिसौनी संवाददाता
सुर्खेत, २ साउन ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्र उद्योग संघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय (केदार शर्मा) चयन भएका छन् । संघको बुधवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले उपाध्यायको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मदन काफ्ले चयन भएका छन् भने महासचिवमा कृष्ण आचार्य, सचिवमा माधव धिताल र कोषाध्यक्षमा सुन्दरकुमार पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रामशरण काफ्ले, घनश्याम बिसी, मनोहरकुमार ठाकुर र धनबहादुर बुढा चयन भएका छन् ।
संघले वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गरिरहेका उद्योगी तथा व्यवसायीहरूका हितमा काम गर्ने अध्यक्ष उपाध्यायले बताए । उनले उद्योगीहरूले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायमा संघले पहल गर्ने समेत जानकारी दिए । यसका साथै औद्योगिक क्षेत्रमा उद्योग स्थापना र सञ्चालनका लागि व्यवसायीहरूलाई आकर्षित गर्नका लागि पनि आफूहरूले समन्वय गर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   ३ श्रावण २०७५, बिहीबार १४:३४