सुन चोरेको आरोपमा पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, २ साउन ।
भारतको मुम्बईबाट सुन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का १७ वर्षीय खगेन्द्र आचार्यलाई इलाका प्रहरी कार्यालय दुल्लूले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आचार्यबाट १९ ग्राम चार सय ६० मिलिग्राम सुन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक बजिरसिंह विष्टका अनुसार सुन चोरीमा संलग्न रहेको आरोपमा आचार्यका साथी चामुण्डाबिन्द्रासैनी–५ का अनिल रेग्मीलाई भने मुम्बइ प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । आचार्यलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेख लगिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा आचार्यले सुन चोरेपछि आफूहरूले १०÷१० तोला भाग लगाएर बाँडेको वयान दिएका छन् । ‘चोरी भएको सुन भाग लगाउँदा रेग्मीले नै बढी लिएको बयान छ’ प्रहरी निरीक्षक विष्टले भने, ‘सुन नेपाल ल्याउन खोज्दा भारत प्रहरीले केही नियन्त्रणमा लिइसकेको खुल्न आएको छ ।’

प्रकाशित मितिः   ३ श्रावण २०७५, बिहीबार १४:३४