सुर्खेतवासीलाई के भने प्रधानमन्त्री ओलीले ?
सुर्खेत, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत जिल्ला चाँडै समृद्ध शहर बन्ने दावी गरेका छन् । आज मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्दै उनले सुर्खेत प्रशस्त सम्भावनायुक्त जिल्ला रहेको भन्दै यसले विकासमा फड्को मार्ने बताए ।
‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय यही छ, केही वर्षभित्रै यो नमूना विश्वविद्यालय हुनेछ’ ओलीले भने, ‘यो नै यहाँको विकासको आधार हो ।’ त्यत्ति मात्र होइन सुर्खेतमा नयाँ विमानस्थल निर्माण हुने, नमूना अस्पताल निर्माण, नमूना र आधुनिक शहरको रुपमा विकास, आधुनिक औद्योगिक क्षेत्र निर्माण, मेडिकल कलेजको स्थापना लगायतका काम सुर्खेतमा नै हुन लागेकाले चाँडै नै सुर्खेतले विकासमा फड्को मार्ने उनको दावी थियो ।
सुर्खेतवासीहरु आफ्नो ठाउँको विकासका लागि प्रतिवद्ध र एजकुट रहेको कुरा विश्वविद्यालय स्थापनार्थ गरेको संघर्षले प्रमाणित भइसकेको भन्दै उनले अब जिल्ला र समग्र पद्रेश नं. ६ को विकासमा पनि यहाँका स्थानीयवासीहरुको सक्रियतापूर्वक सहभागिता रहने ओलीले विश्वास व्यक्त गरे ।
साझा बिसौनी संवाददाता ।