२० वर्षे रणनीतिक योजना सार्वजनिक

mu ko naya officeसुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको २० वर्षे रणनीतिक योजना सार्वजनिक गरिएको छ । विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन उद्घाटनका क्रममा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उक्त योजना सार्वजनिक गरेका हुन् ।
मप विश्वविद्यालयको शैक्षिक तथा भौतिक विकासका दिर्घकालिन योजनाहरु यसमा समेटिएको छ । सरोकारवालाहरुसँग पटक पटक छलफल गरी उनीहरुको सुझावका आधार योजना निर्माण गरिएको विश्वविद्यालयले जनाएको छ । आगामी दिनमा उक्त योजना कार्यान्वयन गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई नमूना विश्वविद्यालयको रुपमा स्थापित गर्न समेत जनाइएको छ ।