बन्ने भयो २३ करोडको भवन

kpसुर्खेत, २५ जेठ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गरिएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज भवनको शिलान्यास गरेका हुन् ।
उक्त भवन निर्माणका लागि सरकारले २३ करोड ४० लाख रुपैयाँ स्वीकृत गरिसकेको छ । जसमध्ये पाँच करोड रुपैयाँको चेक आजै प्रधानमन्त्री ओलीले विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालालाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार ०९:०७