‘अब नफुट्ने गरी पार्टी एकता’

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्राजातान्त्रिक विचारधारा भएका पार्टीहरूबीच अब नफुट्ने गरि पार्टी एकता गर्ने बताएका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कर्णाली प्रदेश भेलामा प्रशिक्षण दिन वीरेन्द्रनगर पुगेका अध्यक्ष थापाले नेपालमा बलियो प्रजातान्त्रिक पार्टी स्थापना गर्न समान धारणा भएका पार्टीहरूबीच एकता हुने बताए ।


‘पार्टी एकताका लागि पहिलो चरणको बैठक भइसकेको छ’ अध्यक्ष थापाले भने, ‘प्रजातान्त्रिक राष्ट्रवादी पार्टी आवश्यक रहेकाले राप्रपाबाट फुटेका समूह, दललाई समाहित हुन आव्हान गर्छु ।’ उनले पद र स्वार्थका लागि नभइ नितीगत आधार र नफुट्ने संकल्पसहित पार्टी एकीकरण हुने बताए । ‘विगतमा भएका क्रियाकलाप कोट्याउँदै आरोप र प्रत्यारोप गरे तिक्तता बढ्दै जान्छ’ उनले भने, ‘बलियो प्रजातान्त्रिक राष्ट्रवादी पार्टी निर्माणका लागि अब हुने पार्टी एकता विगत जस्तो हुँदैन ।’
पूर्व उप–प्रधानमन्त्री एवम् पराराष्ट्रमन्त्रीसमेत रहेका थापाले प्रधानमन्त्री केपी वलीको सरकारको मूल्यांकन गर्ने समय अहिले नै नभएको बताए । ‘प्रधानमन्त्रीको चीन भ्रमणबाट दीर्घकालीन आर्थिक विकास र समृद्धिको रणनीति अनुसार महŒवपूर्ण सम्झौताहरू भएका छन्’ उनले भने । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न आगामी साउन २ गतदेखि नै हिन्दु राष्ट्र पुनस्र्थापनाका राष्ट्रिय जनजागरण अभियान थालिने उनले बताए । सरकारलाई हिन्दु राष्ट्र बनाउन दबाब दिने लक्ष्यका लागि राप्रपाले आगामी असोज मसान्तभित्र स्थानीय तहमा पार्टीका भात्री संगठन विस्तार, गठन र पुनर्गठन गर्ने, माघ मसान्तदेखि मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्ने र फाल्गुन सात गतेदेखि शसक्त निर्णायक जनसंघर्ष गर्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित मितिः   १८ असार २०७५, सोमबार १३:१६