कम्युनिष्ट सरकारको दायित्व

पृथ्वीबहादुर सिंह
संसारमा सबै जीवजन्तुभन्दा मानिस सर्वश्रेष्ठ प्राणी हो । समाज र राज्यको उत्पत्ति भएदेखि अनेकौं नीति नियम धर्म संस्कार प्रतिपादन ग¥यो । मानिसले मानिस माथि अन्याय अत्याचार नगरोस् भनि महामानवहरूको पनि समय–समय जन्म हुँदै आएका छन् । राज्य व्यवस्थापनका युग–युगमा नयाँ दर्शनको पनि प्रतिपादन हुँदै आएका छन् । प्राचिनकालमा पनि राम जस्ता आदर्श पुरुष राजा भए भने रावण, हिरण्य, कस्यव जस्ता राजाहरू पनि राक्षस जन्मिएका थिए । मध्यकालमा फ्रान्सदेखि विश्वका अनेकौं मुलुकहरूमा हजारौं रानी राख्ने, जनताको करमा अनेकौं मोजमस्ती गर्ने राजा राजपरिवारको जन्म भएकोले जनविद्रोह गरी फाँसी दिएको इतिहास पाउँछौं । यस्तै कारणले जनताहरूले संसारका धेरै मुलुकहरूबाट राज्यसंस्था अन्त्य गरेको पाउँछौं ।
हाम्रै मुलुकमा पनि निरंकुश राणा परिवारले राष्ट्रवादी दरबारियाहरूको कत्लेआम गरेर १०४ वर्षसम्म देशका जनतालाई कालकोठरीमा राखेर राज्यको सम्पूर्ण ढुकुटी आफ्नो ऐसआराममा खर्चे । राजा मर्दा संसारका सधैं मुलुकहरूमा त्यो बर्बर युगमा रानीहरूलाई जिउँदै मर्नुपर्ने शतिप्रथा सञ्चालनसमेत ती निरंकुश राजाहरूले बसाल्न पुगेका थिए । सामन्तवादी व्यवस्थामा पराजित राज्यका जनताहरू दासदासीका रूपमा चरम श्रमशोषण गरेको पाउँछौं । सत्ता प्राप्तीपछि सैनिक बलमा राज्य गर्ने अनैतिक मानवले राज्य सञ्चालन गर्दा अनेकौं विकृत हर्कत गरी हत्या हिंसा गर्ने, अकुत सम्पत्ति आर्जन गर्ने प्रक्रिया चल्दै आउँदा त्यसको विरुद्ध जनताको आन्दोलनले ठूलो प्रहार गर्नुपर्ने स्थिति संसारभर हुँदै आएको छ । त्यो मात्र गर्दैनन् शासक बन्नका लागि आफ्नो परिवारका सदस्यहरूको हत्या, जेल, नेल गरी राज्य सत्ता हातमा लिएको इतिहास मध्ये नेपालको २०५८ जेठ १९ गते को दरबार हत्याकाण्डपछि विधिवत राजा भएका ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातन्त्र अन्त गरेर निरंकुश राजा बन्न चाहेका थिए । जनताकोे जनविद्रोहले उनको त्यो महŒवाकांक्षा तुसारापात हुनपुग्यो । त्यही घटनाबाट दुई सय ५० वर्षे स्थापित राजसंस्था सदाका लागि नेपाली धर्तीबाट बिदाइ लियो ।
निरंकुश राजतन्त्रको अन्त्य गरेर बेलायत, फ्रान्ससहित धेरै पश्चिमी राष्ट्रहरूले बहुदलीय प्रजातन्त्र जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले जनतामाथि शासन गर्ने व्यवस्था स्थापना गर्न पुगे । तिनै निर्वाचित जनप्रतिनिधिहरूले पनि पूँजीवादी उत्पादन गर्न मानवको सट्टा मेसिन निर्माण गरी तिनै मेसीनबाट काम गर्ने मजदुरको श्रम शोषण गरी अतिरिक्त सम्पत्ति आर्जन गर्न पुगे । त्यही अतिरिक्त सम्पत्ति आर्जन गर्न निर्मित सामान विश्वबजार कब्जा गर्न साम्राज्यबाद खडा गरे । विश्व सम्राज्यवादको स्वार्थको लागि पूँजीपतिहरूले दुई पटकसम्म विश्वयूद्ध गर्न पुगे र करोडौं मानव संहार र खरबौं खरब धनजनको क्षती विश्वले व्यहोर्नु प¥यो । तिनै पूँजीपतिहरूको शोषण दमनविरुद्ध माक्र्सवादको जन्म भयो । संसारको एक तिहाइ भू–भागमा माक्र्सवाद निर्देशित कम्युनिष्ट पार्टीले विजयी गरेर करिब ७० वर्षसम्म एक दलीय कम्युनिष्ट पार्टी केही मुलुकमा सञ्चालन गरियो । त्यो व्यवस्थाले पनि संसारमा भौतिकवादी विकास पूँजीवादसँग प्रतिस्प्रधा गर्दै स्थापना भयो ।
संसार यति उथलपुथल हुँदा हाम्रो नेपालमा निरंकुश जहानियाँ राणा शासनविरुद्ध २००७ सालमा जनविद्रोह भयो । जनताको जनविद्रोहलाई भारतीय नेहरू सरकारले अंग्रेजी नीति अवलम्बन गरी नेपाली जनताको शोषण दमन गर्ने राणा, राजा नेपाली कांग्रेसलाई १९५० को त्रि–पक्षीय दिल्ली सम्झौता गराएर कारबाही गर्नुपर्ने मोहन शम्सेर राणा प्रजातन्त्रपछि पनि प्रधानमन्त्री बन्न पुगे । यहीमा प्रजातन्त्रको अल्पबिराम लाग्यो । यही जगमा टेकेर २०१७ सालमा सामन्तहरूको मिलोमतोमा राजा महेन्द्रले बहुदलीय प्रजातन्त्र प्रतिगमन गरी एकदलीय पञ्चायती व्यवस्था निरंकुश शाही शासन, नेपाली जनताले व्यहोर्नुप¥यो । दलका महारथीहरू कोही जेलका पाहुँना बने, कोही भूमिगत रूपमा स्वदेश र भारत वर्ष निर्वासित हुन पुगेका थिए । जतिसुकै ठूलो जघन्य अपराध गरेता पनि राजाको वरत नेतृत्वमा देश अगाडि बढिरेको घोक्रो फुलाएर प्रशंसा गरे अनेकौं जघन्य अपराध गरी विकृतिबाट आर्जन गरेको सम्पत्ति, मान सम्मानसहित राजाको आशिर्वादले चुलिएका थिए ।
आजका बहुदलीय व्यवस्था चाहने नेताहरू विडीका ठुटा खाने ख्याउटिएर चाम्रिपरेका थिए । सामान्तवाद विरुद्ध २०४६ सालमा नेपाली जनताले अहिंसा आन्दोलनमा बहुदलीय पार्टीहरूले आव्हान गर्दा सडकमा ओर्लिए । स्वर्गीय राजा वीरेन्द्र बहुदलीय व्यवस्था पुनस्र्थापना गर्न राजी भए । चाम्रि परेका बहुदलीय नेताहरू पुनः राज्य सत्तामा उपस्थित भए । २०४८ सालको निर्वाचनमा एक माना सरकार बनाउन नेपाली जनताले नेपाली कांग्रेसलाई बहुमत दिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुन पुगे । नेपालको सामन्तहरूको गुठ भनेको दरबारको ताबेदारी गर्न नपाएपछि कांग्रेसमा भित्रिदैं आएको छ । सधैं सत्ताको आडमा अनेकौं विकृतिबाट सम्पत्ति आर्जन गर्न पल्केको वर्ग कांग्रेस प्रवेशपछि सत्ता लुछाचुँडी गर्न थाल्छ । सत्ताको आडमा लठैतहरू लगाएर जनता सताउने अनेकौं सेन्डिकेट क्रिया सुरु गर्छ । त्यो विकृतिको रोग अरु दलमा समेत सार्ने काम गर्दछ । २०५० सालमा आफ्नो एकमाना सरकार आफै ढालेर अध्यावधिमा पु¥यायो । एमालेको अल्पमतको सरकारलाई नौ महिना चल्न दिएर खसाल्यो । प्रजातन्त्र प्राप्तीका करिब २७ वर्षसम्म एकमाना सरकार बनाएर देशलाई एउटा मजबुत रुढमा चल्ने अवस्था बनेन । यही अस्थिरताको फाइदा उठाउँदै दलाल पूँजीपतिहरूले राज्यका अनेक अङ्गहरूमा सिन्डिकेट तयार गरी बजार कब्जा गरे ।
त्यही अन्तरिम कालमा फुटपाट पार्टीहरू राजनीतिक दलदेखि यातायात, ठेक्कापट्टा, व्यापारी, कर्मचारीतन्त्र समेतमा अनेकौं सिण्डिकेट तयार गरी सम्पत्ति कमाउने अवसर दिइयो । त्यही विकृतिका कारण माओवादी सशस्त्र विद्रोहको जन्म भयो । २० वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन । कर्मचारीतन्त्र मनपरीतन्त्रमा बदलियो । २०७४ सालको निर्वाचन हुँदा नेपाली जनता चिरनिन्द्राबाट ब्यूँझियो । दुई कम्युनिष्ट पार्टी एक भएर जाँदा एक माना सरकार बनाउने मत माग्न पुग्यो । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टी एक भएर जाँदा विजयी हुन्छ भनि निरंकुश अधिनायकवाद लाद्नेछन् मत दिन हुँदैन भनि धेरै चिल्लायो । ढाँटको पनि हद हुन्छ, अब ढाँटको खेती लाग्न हुँदैन भनि जनताले क्षेत्रीय र केन्द्रीयस्तरको सरकार बनाउनेमध्ये शेरबहादुर देउवालाई सत्ता छोड्न सात हेक्टरको भूँइचालो भयो । बल्लतल्ल एक माना सरकार प्रमुख बन्ने अवसर केपी शर्मा ओलीले पाए । १४ वर्ष कठोर जेल यातना भोगेका र २८ वर्षीय प्रजातन्त्र कालका संसदीय व्यवस्था अन्तरिम कालका संसदमा प्रतक्षदर्शी खलनायक पनि हुन् ।
उनले पनि नेपाली कांग्रेसका विकृति नजिकबाट हेर्न पाएर होला, भन्ने गरेका छन्, ‘म पनि भ्रष्टाचार गर्दैन, अरुलाई पनि गर्न दिन्न ।’ यातायातमा सिण्डिकेट तोड्ने प्रक्रिया बढाएपछि निकै ठूलो भुइँचालो सिण्डिकेटमा परेको छ । यसैलाई नेपाली कांग्रेसको नेतृत्वले अधिनायकवाद लाद्न थालेको गोएबल्स हल्ला गरिरहेका छन् । ती सिण्डिकेटहरूबाट आफ्नो कमिशन खान पल्केका या गोएबल्सहरूको धक्का लागेकाले हल्ला मच्चाउने गरिरहेका छन् । यदि सत्ता र शक्तिको बलमा तयार गरेको सबै सिण्डिकेट कम्युनिष्ट सरकारले तोड्न आँट ग¥यो भने जनताले ५० वर्ष शासन गर्ने बहुमत दिइरहनेछन् । काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ । लेलिनको भनाइमा आफ्नो स्वार्थमा धक्का लाग्यो भने मानिस ज्यामितीय हिसाबले बाङ्गिएर जान्छ । सत्तामा पुगेर अनेकौं विकृतिबाट अतिरिक्त कमाउने सिण्डिकेटहरूलाई तोडेर देशलाई समृद्धितिर लिन सके तब मात्र नेपाली समृद्धिको बाटो तय हुनेछ । खाली समृद्धिको सपना बाँडेरमात्र केही हुनेवाला छैन ।

प्रकाशित मितिः   १९ असार २०७५, मंगलवार १३:१८