सुर्खेतमा प्रदेशस्तरको ‘सुधार गृह’ निर्माण हुने
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ असार ।
लागूऔषध दुव्र्यसनमा फसेकाहरूको उपचार तथा पुनस्र्थापनाका लागि सुर्खेतमा सुधार गृह निर्माण गरिने भएको छ । कर्णालीमा प्रदेश सरकारले सुधार गृह निर्माणका लागि बजेटसमेत विनियोजन भएको जनाएको हो । आगामी आर्थिक वर्षभित्रमा नै सुधार गृह निर्माणको प्रक्रिया सुरु हुने प्रदेश सरकारले जानकारी दिएको छ ।
लागू औषध कारोबारसँगै प्रयोगकर्ताहरू पनि बढेपछि सुर्खेतसहित कर्णालीमा उनीहरूको पूनस्र्थापनामा चुनौती थपिदैं गएको छ । बढ्दो लागूऔषध दुव्र्यसनबाट हुने क्षति न्यूनीकरणका र दुव्र्यसनीहरूको पूनस्र्थापना सुधार गृह सञ्चालनमा ल्याइने भएको हो ।
सरकारले लागूऔषध प्रयोगकर्तालाई सुधार गरी सामाजिक काममा क्रियाशील गराउने उद्देश्यले सुधार गृहका लागि बजेट विनियोजन गरेको हो । लागूऔषध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुव्र्यसनविरुद्ध प्रदेश सरकार कडा रूपमा प्रस्तुत हुने बताए । मानसिक रूपमा आएको विचलनका कारण युवापुस्ता कुलतमा फसेको भन्दै उनले कर्णालीका युवा लक्षित १० युवा तालिम केन्द्र स्थापना गरिने बताए । ‘कर्णालीका युवालाई सरकारले नै तालिम दिने हो’ उनले भने, ‘हरेक काममा कर्णाली पहिलो छ भन्ने उदाहरण बनाउने काम सरकारको हो । अब सरकारले युवाका क्षेत्रमा काम गर्छ ।’
उनले सरकारले लागूऔषधको प्रयोग गर्ने युवायुवतीलाई सुधार गृहमा राखेर उपचार गरिने बताए । यस्तै आन्तरिक
मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले लागूऔषध दुव्र्यसनविरुद्ध हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । हरेक वर्ष झै यसवर्ष पनि जुन २६ लाई लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सुर्खेतमा पनि मनाइएको हो । दिवसको अवसरमा सम्पन्न अन्तरक्रियामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले शहरीकरण सँगै जिल्लामा लागूऔषधको कारोबार र प्रयोग बढ्दै गएको बताए ।
उनले लागूऔषधको बढ्दो प्रयोगका कारण युवा जनशक्ति उपयोगविहीन बनेको भन्दै अर्थतन्त्रलाई समेत असर परेको
बताए । घर वरिपरि नै लागूऔषधको प्रयोग हुने भएकाले आमनागरिकले आवश्यक जानकारी प्रशासनलाई दिनुपर्ने उनको भनाइ छ । यस्तै दुव्र्यसनविरुद्ध काम गर्दै आएको भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले एक जना प्रयोगकर्ताले दश जनालाई सिकाउने भएकाले पनि लागूऔषधको प्रयोग न्यूनीकरणका लागि चुनौती बनेको बताए ।
साझा बिसौनी ।