चुनौतीपूर्ण बन्दै पुनस्र्थापना कार्य

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ असार ।
वीरेन्द्रनगरको मुख्य बजार रहेका सडक बालबालिकाले लागूऔषधको प्रयोग गर्न थालेका छन् । पारिवारिक विचलनका कारण वीरेन्द्रनगरका सडकपेटीमा बस्दै आएका बालबालिकाहरू लागूऔषधको दुव्र्यसनमा फसेका हुन् । केही महिना सुधार गृहमा राखिएका उनीहरू पुनः दुव्र्यसनमा फसेका हुन् ।


वीरेन्द्रनगरका सडकमा बस्दै आएको ती बालबालिकाहरूलाई गत मंसिरमा सुधार गृहमा राखिएको थियो । दुव्र्यसनको लतबाट मुक्त गर्दै पुनस्र्थापनाका लागि सुधार गृहमा राखिएका बालबालिकाहरू पुनः लागूऔषधको प्रयोग गर्न थालेका छन् । सुधार गृहमा राखिएकामध्ये तीन जना बालबालिका पुनः दुव्र्यसनमा फर्किएपछि जिल्लामा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा पुनस्र्थापनामा चुनौती थपिएको हो ।
अर्कोतर्फ करिब ६ महिनासम्म सुधार गृहमा उपचारपछि गत वैशाखमा घर फर्काइएका बालबालिकामा सुधार देखिएको छैन । लागूऔषधविरुद्ध काम गर्दै आएको वीरेन्द्रनगरमा रहेको भैरव युवा सशक्तीकरण केन्द्रले सुधार गृहमा राखेर उपचार गराए पनि पुनस्र्थापना गर्न नसकिएको हो । सुधार केन्द्रमा राखिएका १७ जना बालबालिकामध्ये तीन जना पुनः लागूऔषधको प्रयोग गर्न थालिसकेका छन् । लागूऔषधको कारोबारसँगै प्रयोगकर्ता बढेपछि पुनस्र्थापनामा चुनौती भएको छ । लागूऔषधका प्रयोगकर्तालाई पुनस्र्थापनाका लागि सरोकारवाला निकायले ध्यान नदिँदा प्रयोगकर्ता बढ्दै गएका हुन् ।
दौतरीको दबाब र रमाइलोको लागि बालबालिकादेखि युवायुवतीसमेत लागूऔषधको सेवन गर्दै आएका छन् । सडक बालबालिका मात्रै होइन, पछिल्लो समय सुर्खेतमा बालिकाहरूलेसमेत लागूऔषधको कुलतमा फसेको लागूऔषधविरुद्ध काम गरिरहेका संस्थाहरूको दावी छ । सडक बालबालिकाले लागूऔषधका रूपमा सडकमा भेटिने जुत्ताको ‘सोलुसन’ सुघ्ने गरेका छन् भने युवायुवतीले ब्राउनसुगर, हिरोइन, गाँजालगायत कडा लागूऔषधको समेत प्रयोग गर्ने गरेका छन् । विद्यालयस्तरका बालिकाहरूसमेत लागूऔषधको प्रयोग गर्ने गरेको सरोकारवालाहरूको दावी छ । भैरव युवा सशक्तीकरण केन्द्रका अध्यक्ष ललित भट्टराईले अधिकार सम्पन्न मानिएको स्थानीय सरकारले नै सडक बालबालिकाको पुनस्र्थापना र लागूऔषधविरुद्धका गतिविधिमा सहयोग नगरेको गुनासो गरे । ‘गैर–सरकारी संस्थाको सहयोगमा सडक बालबालिका सुधार गृहमा राखेर उपचार गरियो’ उनले भने, ‘दीर्घकालीन समस्या समाधानका लागि स्थानीय सरकार र महिला तथा बालबालिका कार्यालय नै जवाफदेही देखिएनन् ।’
लागूऔषध कारोबारोसँगै प्रयोगकर्ताहरू दैनिक रूपमा बढ्दै जानुले पुनस्र्थापनामा चुनौती देखिएको उनको भनाइ छ । उनले सडक बालबालिका पुनस्र्थापना नभएसम्म लागूऔषधको प्रयोग न्यूनीकरणमा
समेत चुनौती देखिएको बताए । आर्थिक अभावका कारण केन्द्रमा राखिएका तीन जना सडक बालबालिकाको पूर्ण रूपमा उपचार गर्न नसक्दा पुनः सडकमा आएका हुन् । चालु आर्थिक वर्षमा मात्रै ४६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले लागूऔषध कारोबार, प्रयोग
तथा ओसार–पसारको मुद्दा चलाएको
छ । जसमा दुई जना महिनालाई पनि पुर्पक्षका लागि थुनामा राखिएको
छ । केन्द्रका अध्यक्ष भट्टराईका अनुसार हाल सुर्खेतमा १०
जना युवतीहरूले अहिले पनि लागूऔषधको सेवन गर्ने गरेका
छन् । हाल सुर्खेतमा ६ सय ५० भन्दा बढी लागूऔषधका प्रयोगकर्ता
छन् । सोही समूहलाई लक्षित गरी केन्द्रले लागूऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ अनुसार चार सय ५० जना लागूऔषध प्रयोगकर्तालाई पुनस्र्थापना, उपचारलगायतको सहयोग गर्ने भएको छ ।
अभिभावकले प्रतिष्ठाका रूपमा लिने, समाजमा गलत संस्कार बस्ने, सरकारले लागूऔषधविरुद्ध काम गर्न नसकेका कारण कारोबार र प्रयोगमा न्यूनीकरण हुन नसकेको हो । अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसार दिवसको पूर्वसन्ध्यामा आयोजित लागूऔषध दुव्र्यसन विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष भट्टराईले एकजना प्रयोगकर्ताले दश जनालाई सिकाउने भएकाले पनि लागूऔषधको प्रयोग न्यूनीकरणका लागि चुनौती बनेको बताए । ‘लागूऔषधको प्रयोग गर्दै जाँदा आर्थिक संकट भएपछि साथीलाई पनि कुलतमा फसाउने काम हुन्छ’ उनले भने, ‘समयमा पुनस्र्थापना नभए प्रयोगकर्ताले समाज भरिने डर हुन्छ ।’ लागूऔषध दुव्र्यसनका कारण मानसिक सन्तुलन बिग्रिने, सामाजिक अपराधिक गतिविधिमा सक्रिय हुने, मृत्यु हुने जस्ता समस्याहरू हुने गर्छन् ।

प्रकाशित मितिः   १२ असार २०७५, मंगलवार १०:४८