‘समृद्धिका लागि श्रम आवश्यक’

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ असार ।
कर्णालीको समृद्धि र विकासका लागि श्रम आवश्यक रहेको कर्णालीका मख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । एसओएस दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


विकासका लागि शिक्षालाई श्रमसँग जोड्नुपर्ने उनको भनाइ छ । श्रमविना विकास सम्भव नरहेको भन्दै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि श्रम आवश्यक रहेको बताए ।
मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने वताए । ‘अहिले पनि थुप्रै विद्वानहरू झोलामा ल्यापटप बोकेर हिँड्नुहुन्छ, पावर प्वाइन्टबाट प्रिजेण्टेशन देखाउनुहुन्छ । अब यसले पुग्दैन, मुख्यमन्त्री शाहीले भने, ‘अब कृषि विज्ञले स्याऊ र सुन्तला फलाउनुप¥यो, आफूले आर्जन गरेको ज्ञानलाई उत्पादनमा लगाउनुप¥यो ।’
मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याए । ‘मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी छ’ उनले भने, ‘उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्छ ।’
समाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रवाट वञ्चित वालवालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महŒवपूर्ण भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले जानकारी दिए ।