विद्यार्थीलाई पोशाक वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ असार ।
सरस्वती प्राथमिक विद्यालय वीरेन्द्रनगर–११ चनौटे सुर्खेतमा अध्यनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य झंकराज काफ्ले र ओमप्रकाश काफ्लेको आर्थिक सहयोगमा पोशाक वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत विपन्न र गरीब बालबालिकालाई पोशाक वितरण गरिएको जनाइएको छ । विद्यालयले दिएको जानकारी अनुसार ६२ हजार पाँच सय रूपैयाँ बराबरको पोशाक वितरण गरिएको हो । विद्यालयमा एक कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत छात्र–छात्रालाई पोशाक वितरण गरिएको विद्यालयले बताएको छ ।
पोशाकका लागि आर्थिक सहयोग गर्ने झंकराज र ओमप्रकाश विद्यालयका संस्थापक अध्यक्ष लिलाराम काफ्लेका छोराहरू हुन् । विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका थिए ।

प्रकाशित मितिः   ५ असार २०७५, मंगलवार १५:२०