सूचनाको हक सम्बन्धी अन्तरक्रिया

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ असार ।
पत्रकारका लागि सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजनामा सोमवार वीरेन्द्रनगरमा कार्यक्रम भएको हो । पत्रकारहरूलाई सूचनाको हक सम्बन्धी भएका व्यवस्थाको जानकारी दिन अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सूचनाको हक पत्रकारहरूको लागि महŒवपूर्ण औजार भएको बताइएको छ । सहजरूपमा सूचना नदिने सार्वजनिक निकायहरूबाट विभिन्न महŒवपूर्ण सूचनाहरू प्राप्तीका लागि सूचनाको हकको प्रयोग गर्नसके प्राप्त गर्न सकिने र त्यसले जनताको सु–सूचित हुने अधिकारलाई प्रत्याभूति गर्ने बताइएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले सूचनाको हकको औजार प्रयोग गरी महŒवपूर्ण सूचनाहरू संकलन गर्न सुझाव दिइएका छन् ।
पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सूचनाको हकको वारेमा जानकारी दिदैं यसैबाट महŒवपूर्ण सूचनाहरू प्राप्त गर्न सकिने जानकारी दिए । पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले पत्रकारले सूचनाको हक सम्बन्धी सामान्य जानकारी नराख्दा चुनौतीको सामाना गर्नुपर्ने बताए । पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतमा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष श्रीधर पौड्याल, प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, महासंघका उपाध्यक्ष ललित बसेल लगायतले सूचनाको हकसम्वन्धी आ–आफ्ना अनुभवहरू आदान–प्रदान गरेका थिए । अन्तरक्रियाको सहजिकरण महासंघका जिल्ला उपाध्यक्ष माया थापाले गरेकी थिइन् ।

प्रकाशित मितिः   ५ असार २०७५, मंगलवार १५:१९