रत्न राजमार्ग व्यवस्थित गराइँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असार ।
भेरीगंगा नगरपालिकाले सडक व्यस्थापनमा तीव्रता दिएको छ । बढ्दो सडक दुर्घटना रोक्न नगरपालिकाले शनिवारदेखि सडक छेउछाउका घरटहरा भत्काउन थालेको हो ।


रत्नराजमार्गको हर्रेदेखि छिन्चु बजारसम्म सडक छेउछाउमा निर्माण गरिएका टहरा भत्काइएको छ । डिभिजन सडक कार्यालयको समन्वयमा भेरीगंगा नगरपालिकाले घर टहरा हटाएको हो । सडक छेउमा बनेका टहराले सवारी दुर्घटना बढेको भन्दै नगरपालिकाले टहरा भत्काएको जनाएको छ । नगर प्रमुख भुपेन्द्र चन्दका अनुसार करिब १२ किलोमिटर सडक छेउछाउँको टहराहरू भत्काइएको हो । उनले सडकदेखि २५÷२५ मिटर बाटोका घर टहरा र अतिक्रमण हटाइएको बताए । सडक सुधार अभियानका क्रममा आज छिन्चु बजारदेखि भेरीपुलसम्म टहरा भत्काइने भएको छ ।

प्रकाशित मितिः   ३ असार २०७५, आईतवार १७:४०