महिलाहिंसा रोक्न माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ जेठ ।
संयुक्त महिला संघर्ष समितिले पछिल्लो समय महिला माथि हुने विभिन्न हिंसाका घटनाहरू प्रति ध्यानाकषर्ण भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार समितिले यसै महिना विभिन्न जिल्लाहरूमा महिला, किशोरी, र बालिका बलात्कार र हत्या भएकोले यस्ता घटनाहरू प्रति संवेदनशिल हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
‘सुर्खेत, दाङ पर्सा, नवलपारसीलगातय जिल्लामा महिला किशोरी र बालिका बलात्कार र हत्या भएको कुरा प्रति संयुक्त महिला संघ संघर्ष समितिको ध्यानाकषर्ण भएको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘सुर्खेतमा पनि राष्ट्र सेवक कर्मचारीबाट महिला बलात्कार भएको घटना सार्वजनिक भएको छ । यस्ता घटनाहरू दिनहुँ गाउँबस्तीहरूमा
भइरहेको जगजाहेर छ, संघर्ष समितिले यस्ता घटनाहरूप्रति खेत व्यक्त गर्दै घटनाको भत्सर्ना गर्दछ ।’ ज्ञापन पत्रमा प्रमुख जिल्ला अधिकारीले गम्भिरतापूर्वक सुरक्षा व्यवस्था मिलाउन, घटनाको उचित छानविन गरी अपराधिलाई कडा भन्दा कडा कार्वाही गर्न, पीडितलाई क्षतिपूर्ति र निशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । नागरिकको सुरक्षाको लागि सरकार समक्ष तत्तकाल प्रभावकारी कदम चाल्नुपर्ने र राज्यका सम्पूर्ण नियकायहरू सचेत, संवेदनशिल र गम्भिर हुन आवश्यक रहको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले महिला माथि हुने हिंसा घट्न नदिनका लागि सबैले चासो दिनुपर्ने बताए । उनले दोषिलाई कानुनी कार्वाहीको हुने बताए ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७३, मंगलवार ०४:५४