गन्धर्वलाई सहयोग

Photo_1सुर्खेत, २४ जेठ ।
सुर्खेत होराइजन एकेडेमी उच्च माविले विद्यालयमा कार्यरत सङ्गीत शिक्षक तिलक गन्धर्वलाई सहयोग गरेको छ । विद्यार्थीहरूले आफ्नो खाजावापतको रकमबाट बचत गरेको चार हजार र शिक्षकहरूले सङ्कलन गरेको २९ हजार ७० रूपैयाँ गरी ३३ हजार ७० रूपैयाँ गन्धर्वलाई प्रदान गरिएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर नेपालीले विद्यालय परिसरमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन् । विगत केही समयदेखि गन्धर्वकी पत्नी क्यान्सरबाट पीडित छिन् । उनको उपचारका लागि सहयोग स्वरूप विद्यार्थी र शिक्षकले खाजा खर्च कटाएर सहयोग गरेका हुन् । सहयोग रकम बुझ्दै गन्धर्वले विद्यायालय परिवार र विद्यार्थीहरूप्रति कृतज्ञता प्रकट गरे ।