भीरबाट लडेर दुई जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ जेठ ।
भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । दैलेख र सल्यानमा शनिवार भएको छुट्टा–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नौमुले गाउँपालिका–७ पैतीकी २७ वर्षीया सितला बिकको मृत्यु भएको हो । स्थानीय सिलाजुपाखा भन्ने वनमा घाँस काटेर फर्किंदै गर्दा ‘आँसी उदाउने गल्फा’ भन्ने ठाउँबाट लडेर सितलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक श्याम अर्यालले जानकारी दिए । उनका अनुसार सितला भिरबाट करिब ८० मिटर तल ठूलाखोलामा खसेर मृत्यु भएको हो ।
यस्तै, सल्यानमा पनि बाख्रा चराउन जंगल गएकी किशोरीको लडेर मृत्यू भएको हो । सारदा नगरपालिका–९ की १६ वर्षीय निर्मला वलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिवार दिउँसो बाख्रा चराउन जंगल गएको बेला सिमखर्क भन्ने जंगलको भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७५, आईतवार १४:५५