सपनालाई पछ्याउँदै
आदर्शविक्रम सिंह
हरेक व्यक्ति सानै छँदा ऊ भन्छ, ‘म ठूलो भएपछि डाक्टर बन्छु, इन्जिनियर बन्छु, पाइलट बन्छु, शिक्षक बन्छु…यस्तै केही, ऊ भित्र जति–जति जे–जे बन्ने इच्छा छन् तिनी सबै बन्छु भन्छ । तर पछि नौं अथवा दस कक्षामा गए पछि जब फेल हुन्छ । फेल भएपछि ऊ जेलको यात्रामा निस्कन्छ । अहिले त नौ÷दश कक्षामा भन्दा पनि ११–१२ कक्षा फेल भए पछि मान्छेहरू बिहानै उदाएको सूर्यलाई हेर्दै यात्रामा निस्कने गर्दछन् । जब ११–१२ फेल हुन्छन् तब कोही जिन्दगीको अर्थ बुझ्नतर्फ लाग्छन् त कोही बाबा–आमाको बाँझो बारी खन्नतिर लाग्छन् र सबै पास हुनेहरू पनि कागजको प्रमाणपत्र बोकेर अधिकांश जताततै घुमिरहेको पाइन्छ । के यही नै साँचो अर्थमा जीउन खोजेको जिन्दगी हो त ?
यी र यस्तै प्रश्नहरूले जिन्दगीको ढोका ढकढक गरिरहेका छन् । जब म सानो थिएँ त्यतिबेला म सँग एउटा सपना थियो । म ठूलो भएर एचए डाक्टर बनँु र मम्मी बिरामी भइराख्ने भएको कारण उहाँको र सम्पूर्ण मेरा नजिकका आफन्तजनहरूलाई पूर्णरूपमा निरोगी बनाउँ । जब मेरो प्रवेश सानदार, नयाँ देखि पुराना, सानो देखि ठूला गाडीहरू चल्ने बजार अनि अग्ला अग्ला घरहरू भएको ठाउँलाई त सहर भन्छन् क्यारे मेरो प्रवेश सहरमा भयो । मेरो सपना नेपाली गीत ‘उडायो सपना सबै हुरीले…’ भने जस्तै भयो । मेरो सपना पूर्ण रूपमा ध्वस्त भयो, जसरी एउटा बम फालेको सम्पूर्ण ठाउँ ध्वस्त हुन्छ । यस्तै क्रममा जब एक ढोका बन्द हुन्छ तब हजारौं ढोकाहरू खुल्छन् भने झैं फेरि एक सपना आँखा अगाडि घुम्न थाल्यो । समय बित्दै गयो अनि सपना पनि नजिकिदै गयो, विज्ञान विषयमा आइएससी गरेर इन्जिनियर पढ्ने अनि पैसा कमाउने सानदार जिन्दगी जिउने । सपना त्यही इन्जिनियर पढ्ने नजिकिदै थियो, यो पाला भने बम खसेन पूरै एटम बमको भारी वर्षा भयो र सपनाको अंगभंग हुने गरी विस्फोट भयो । जब एटम बम खस्यो कोही पनि दुःखी भएन सबै जना आनन्द मनाइरहेका थिए । मानौ न दशैंतिहारको टिका लगाउने क्रममा टिकामा कति पैसा दिन र दिन्छन् होला भन्ने जस्तै । यदि कोही दुखी थियो त्यो बमको खसाइँबाट भने मेरो मन, मुटु र हृदयको कुनामा लुकेर बस्नु भएको बाबा । अनि एटम बम खस्नु भनेको स्वभाविक हो तर त्यही ध्वजा ध्वजा परेको सपनालाई पनि टालो हालेर सिउँ अनि जुन त्यो ठूलो सपना हो त्यसमा टालो हालेर सिउनु पर्दैन किनकी तिमीले टालो हालेको नराम्रो देखिन्छ भन्ने थाहा पाइसकेको छौं भनेर सिकाउने मेरो मुटुको धड्कन मम्मी ।
म सँग त्यो समयमा दुई वटा मात्र विकल्प थियो । एउटा त भयो बाबा मम्मीलाई सान्त्वना दिएर समझदारीपूर्ण तरिकाले अगाडि बढुँ । दोस्रो विकल्प थियो घरपरिवार छोडेर नै हिँडु । मैले यिनी दुई जुन विकल्प थिए यिनी दुई वटा विकल्पलाई दिमागबाट हटाएर मात्र यति सोचे कि केही नबोल बेटा केही नबोल । केही समयपछि सबै जुन तातो तातो घटनाहरू अथवा जुन एटम बम खसेर ध्वजा ध्वजा पारेको ठाउँहरू थिए तिनी सेलाएर शान्त अथवा चिसो अवस्थामा फेला परे । मन रमायो जसरी एक सानो बच्चाले हातमा धागोको गोला (गाउँमा बोलीने भाषा) समातेर टाढाटाढासम्म त्यो प्लाष्टिक कस्तो न कस्तो तर देखिने बेला हल्का माछा आकारको चंगा उडाइरहेको हुन्छ ।
जब म असफल (दुनियाँले भन्ने भाषा) भए तब मैले एउटै मात्र चित्र बनाएको थिएँ । यो पागल दिमागमा हो त्यही सफल कसरी हुन सकिन्छ ? भोग कस्तो हुन्छ त्यो अनुभवको निम्ति सडकमा हिँडिरहेका टुहुरा बच्चा बच्चीहरूलाई थाहा हुन्छ अनि तिर्खा कस्तो हुन्छ त्यो अनुभवको निम्ति र गिस्तान नामक मरुभूमिमा गएको हुनुपर्छ र निन्द्रा कस्तो हुन्छ यसका निम्ति भर्खर बच्चा जन्माएको आमा बन्न जरुरी हुन्छ । त्यस्तै यस्तै भनाइका आधारमा म पनि एउटा भनाइ लेख्न सफल भए ँ‘सफल कसरी भइन्छ भन्ने थाहा पाउनको लागि मैले सफलताको पुस्तक पढ्नुपर्छ ।’ म लगातार पुस्तक बढ्दै गएँ, म यसरी पुस्तक पढ्थे सायद पुस्तकको प्रत्येक शब्दमा लेखेको थियो सफलता, सफलता सफलता । पुस्तक पढ्ने क्रममा दुई वर्षभित्र कम्तिमा पनि ४०–५० वटा पुस्तकहरू पढेर सकियो । मनमा उत्साह भरियो, मलाई मेरो मुटुको धड्कनले प्रत्येक पलमा ऊ मात्र भनिरहेको थियो तर सबै पुस्तकहरू अध्ययन गरिसक्दा पनि सफलताको शुत्र कहीं र कतै पनि लेखेको थिएन । मात्र एउटा के थाहा पाए भन्ने सायद मैले पढेको पुस्तकको अन्त अन्ततिर लेखिएको थियो ‘कुनै पनि साधारण मान्छेले नै असाधारण काम गर्न सक्छ ।’
यही र यस्तै भनाइहरू पढ्ने क्रममा म विभिन्न भनाइहरूसँग चिरपरिचित भएँ । तिनी भनाइहरू मलाई साथी सम्झन्थे म उनीहरूलाई मेरो नजिकको प्रेमिका । जब मैले तिनी भनाइहरूलाई एक–एक गरेर प्रेमिका, पे्रमिका, प्रेमिका भन्न थालेँ त्यसपछि उनीहरू केही दिन त रिसाए मदेखि, उनीहरू म देखि टाढा जान थाले, म भने उनीहरूको नजिक नजिक तानिन थालँे, उनीहरू कोसौं टाढा भाग्न थाले म पनि प्रेमिकाको पछाडि नलागि अन्य कुनै विकल्प नै थिएन । म मेरो सम्पूर्ण जिउ ज्यान लगाएर पछाडि लाग्न र भाग्न थालेँ जसरी एक कुकुर हड्डिको पछाडि मरुन्जेलसम्म लाग्छ । तिनी प्रेमिकाले मलाई यति टाढासम्म लागिदिइन ता कि म पछाडि फर्कदा अब मेरो घरसम्म कहिले पनि पुग्न सक्दैन । कम्तिमा पनि १० वर्ष लाग्ने यात्रा उनले दुई वर्षभित्र पूरा गराइदिन । म उनलाई धन्यवाद दिनको लागि के मात्र अघिसरेको थिएँ उनले भनिन आदर्श ‘तिम्रो आफ्नो सपना जुन छ त्यो पूरा गर नत्र यो दुनियाँले आफ्नो सपना पूरा गराउनको निमित्त तिमीलाई प्रयोग गर्नेछ ।’
‘शान्ति बाहिर हैन आफूभित्र खोज्नुपर्छ’ यो भनाइ यो मस्तिष्कमा यसरी छाप बनेर बसेको छ जस्तो कि एक हजारको नोटमा हात्तिको छाप हुन्छ । यो मनसपटलमा त्यही छाप शान्ति खोज्न थाल्छ अनि यो बाँदर झै चञ्चल मन त्यति नै बेला अशान्ति अनि यो मन जताततै भौंतारिन थाल्छ, डिग्रीको सर्टिफिकेट झोलामा कोचेर विभिन्न विद्यालयहरूमा पढाउन जागिर खोजे जस्तो । शान्ति प्रत्येक व्यक्तिभित्र हुन्छ र अशान्ति प्रत्येक मनुष्यभित्र हुन्छ । मात्र यति के फरक हो भने प्रत्येक जुन व्यक्ति शान्त हुन्छ उसले आफ्नो कर्मरेखा तयार गरेको हुन्छ ऊ हर हालतमा आफ्नो कर्मरेखा भन्दा बाहिर जाँदैन जस्तो फुटबल खेल्ने क्रममा पूरै मैदानको वरिपरि निश्चित रेखा अनि दुई गोल पोस्ट हालिएको हुन्छ । अनि अब अशान्तिको कुरा रह्यो अशान्ति शब्द उच्चारण गर्ने क्रममा नै मान्छे अशान्त भइहाल्छ । यो कुरा त स्पष्ट नै छ कि जुन व्यक्तिको निश्चित कर्मरेखा हुँदैन उनीहरू अशान्त हुन्छन् । उनीहरू जताततै भौंतारिन बाध्य हुन्छन् । उनीहरू चिच्याउँछन्, कराउँछन्, रुन्छन्, आफूलाई नै एक अयोग्य, एक अभागी व्यक्ति सम्झन्छन् जस्तो खोलामा बम खसाल्दा बम नपड्केर माछा नमरेको होस् । व्यक्ति कोही पनि अशान्त हुँदैन जुन व्यक्ति अहिले अशान्तको नामले पीडित छन् उनीहरू पनि एक दिन शान्त हुनेछन् जस्तो समुन्द्रको पानी गतिशील हुन्छ र पनि उसको गति आंकलन गर्न सकिंदैन तर अशान्त व्यक्ति शान्त हुँदासम्म यति ढिलो भइसकेको हुन्छ कि ऊ जुनबेला अशान्त थियो त्यो समयभन्दा पनि दशौं गुणा बढी आफूलाई सराप्न थाल्छ । मस्तिष्कमा आवश्यक अनावश्यक चित्रहरू कोर्न थाल्छ ऊ प्रायः जसो त आफनो मृत्यु भएपछि चिता कसरी जल्छ होला भनेर सोचिरहेको हुन्छ । त्यसैले प्रत्येक व्यक्तिले शान्तिको प्राप्तीका निमित्त आफ्नो लक्ष्मण रेखा अथवा कर्मरेखा कोर्न अत्यन्तै आवश्यक छ । यदि तिमीले कर्मरेखा कोर्न ढिलो ग¥यौ भने मेरो जस्तो हालत हुनेछ भनेर एक चर्चमा म योगा गर्न जानेक्रममा भेटिएकी एक फुलेको कपाल, चाउरिएको अनुहार, आँखाभित्र गएका दाँत हेर्न बिर्सेँ सायद थिएनन् कि क्यारे उहाँले भन्नुभएको थियो ।
दुनियाँको कुरासँग तपाईंको कुरा मिल्नैपर्छ भन्नेछैन । यदि तपाईंको कुरा तपाईंसँग मिल्छ तपाईंको हजार पटक लड्दा पनि सम्हालिनु हुन्छ र उठेर अगाडि बढ्नुहुन्छ । तपाईं अरुले भनेको कुरामा अँःअँः भन्नुहुन्छ भने त्यो तपाईंको विचारमा र सोच्ने तरिकामा भर पर्छ जस्तै साउथ फिल्ममा जोकर देखि लिएर नोकरसम्मको भूमिका हुन्छ तर मलाई हिरोले कहाँनेर डाइलग भन्छ भनेर सुन्नको लागि हतार भइरहेको हुन्छ र अन्य व्यक्तिलाई कोही कसैलाई केही मनपर्छ त कोही कसैलाई कोही मनपर्छ । सबैलाई एउटै कुरा मनपर्नु असम्भव छ किनभने विवाह गरेका श्रीमान् श्रीमती जुन एउटै ओछ्यानमा सुतिरहेका हुन्छन् र पनि उनीहरूले देख्ने सपनासँग उनीहरूको पूरै कल्पना पनि फरक–फरक हुन्छ, त्यसैले अन्य दोस्रो तेस्रो व्यक्तिसँग तपाईंको विचार मिलोस् भन्नु सबै गाइको अथवा भैंसीको दुध सेतो नै हुन्छ भन्नु जस्तै हो । हर व्यक्ति आफूलाई ठूलो देखाउनको निमित्त कोही न कोही बोलिरहन्छ कोही न कोही भनिरहन्छ कोही न कोही गरिरहन्छ । पढेर भन्दा पनि सारेर पास हुने विषय हो । मेरो व्यक्तिगत विचार ।
अन्तमाः सपना, सपना, सपना । ठूलो सपना, अति ठूलो यो पृथ्वी भन्दा कोसौं टाढा, करोडौं गुणा ठूलो एउटा अर्कैं संसार जहाँ कुनै पनि व्यक्तिले पाइला टेकेको नहोस् । यति ठूलो प्रत्येक व्यक्ति त्यही सपनाको नाम सुन्ने बित्तिकै अकस्मात चट्याङको आवाज सुनेजस्तै होस्, त्यति ठूलो सपना, आँखा बन्द गर्दा त्यही सपना आँखा खोल्दा त्यही सपना, हजारौं माइलको यात्रामा निस्कदा त्यही सपना, साथीसँग कुरा गर्दा त्यही सपना, आफन्तसँग कुरा गर्दा त्यही सपना, कसैले केही प्रेरणा दिँदा त्यही सपना, रातमा सुत्दा निन्द्रा लागेन त्यही सपना, उठेर आकाश अँध्यारोमा नियाल्छु त्यही सपना, म जब बुलन्द आवाज निकाल्छु त्यही सपना, जब म सँग कोही हाँसो उठ्दो तरिकाले बोलिरहेको हुन्छ त्यही सपना जब म दिनको सुरुवात गर्छु त्यही सपना हो ‘एसियाकै बहुचर्चित स्पिकर सपना ।’
साझा बिसौनी ।