अपाङ्गतामैत्री कानुन बनाउन सुझाव

सुर्खेत, २३ जेठ । (साबिस)
अपाङ्गता भएका व्यक्तिका अधिकारका बारेमा आवाज उठाउने मात्रै नभइ बनेका नीति नियमलाई कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा भएको समुदायमा आधारित पुनस्र्थापना तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी कार्यशालामा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
अपाङ्ग सशक्तीकरण केन्द्र (डेक) र समाज जागरण केन्द्र स्याक नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै सहभागीले अब स्थानीय तथा प्रदेश सरकारले कानुन बनाउने समयमा अपाङ्गता भएका व्यक्तिलाई नछुटाउन पनि आग्रह गरेका छन् । डेकका अध्यक्ष विष्णुप्रसाद शर्माले स्थानीय तहमा अब कानुन बनाउँदा तथा बजेट निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको सहभागितामा बनाउन आग्रह गरे । साथै उनले स्थानीय तहले शिक्षा सम्बन्धी ऐन बनाउँदा पनि समावेशी र विशेष शिक्षामा व्यवस्था गरे बमोजिम ऐन बनाउन पनि सुझाव दिए ।
कार्यक्रममा अझै पनि अपाङ्गता भएका धेरै विद्यार्थी विद्यालयको पहुँचमा नपुगेको तर्फ पनि चिन्ता व्यक्त गरिएको छ । आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाहीले अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पु¥याउनका लागि कर्णाली प्रदेशभरी नै अभियान चलाउन सुझाव दिइन् । साथै उनले अपाङ्गता भएकाले वर्ग अनुसारको परिचयपत्र नपाएको गुनासो पनि गरिन् ।
नेत्रहीन महासंघका अध्यक्ष सुरेश खड्काले अपाङ्गता भएका व्यक्तिहरूका लागि सम्बन्धित व्यक्तिले मात्रै नभइ सबैले आवाज उठाउनुपर्ने औंल्याए । कार्यक्रममा आईएनएफ सुर्खेत, आवाज संस्था सुर्खेत, स्याक नेपाल, सिमान्तकृत महिलाहरूका लागि महिलाहरूका लागि महिला संस्था वाम, वीरेन्द्रनगरका जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य लगायत प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७५, बिहीबार १४:२९