‘प्रत्यक्ष हेर्न नपाउँदा क्यासेटबाट हेथ्र्यौं’

गोवद्र्धन खड्का (निवर्तमान अध्यक्ष)
जिल्ला फुटबल संघ सुर्खेत

मैले हेरेको पहिलो विश्वकप
सन् १९८६ को विश्वकप हुँदा म १२ वर्षको थिएँ । मैले हेरेको पहिलो विश्वकप नै त्यही थियो । त्यसयताका हरेक विश्वकप हेर्दै आएको छु । त्यतिबेला डिएगो म्याराडोना सर्वाधिक चर्चामा थिए । अर्जेन्टिानाको पनि खुब चर्चा हुन्थ्यो । विश्वकप खेल्ने टिम अर्जेन्टिना मात्रै हो कि जस्तो लाग्थ्यो, त्यतिबेला मलाई ।
विश्वको महान खेलाडी म्याराडोना उत्कृष्ट लयमा भएको विश्वकप हेर्ने अवसर पाएँ । सोही विश्वकप हेरेर म म्याराडोना र अर्जेन्टिनाको फ्यान बनें । म्याराडोना नै मलाई सबैभन्दा मन पर्ने सर्वकालिन खेलाडी हुन् । उनको खेलकौशलबाट अत्यन्तै प्रभावित छु । त्यसमाथि म्याराडोनाकै उत्कृष्ट प्रर्दशनमा अर्जेन्टिानले १९८६ को विश्वकपको उपाधि नै जित्यो । त्यतिबेला क्वाटरफाइनलको खेलमा इटलीविरुद्ध म्याराडोनाले गरेको प्रदर्शन मलाई अहिले पनि सम्झना छ । उनले विपक्षी टिमका चार जना खेलाडीको बीचबाट प्रहार गरेको लेफ्ट फुटेट् सर्ट गोल हुन त सकेन तर निकै आकर्षक थियो । २४ टचपछि २५ औं पटकमा म्याराडोनाले बललाई गोलपोष्टमा प्रहार गरेका थिए । त्यो निकै आकर्षक थियो ।
प्रत्यक्ष हेर्न नपाउँदा क्यासेटमा
त्यतिबेला सुर्खेतमा टेलिभिजन निकै थोरैको घरहरूमा मात्र थियो । वीरेन्द्रचौकमा कुमार बिसीको घरमा रंगीन टेलिभिजन थियो । हामी उहाँको घरमा गएर हेथ्र्यौं । सबै खेल हेर्न पाइदैंनथ्यो । कहिले बत्ति हुँदैन थियो । कतिबेला आउँछ भन्ने पनि थाहा पाउन मुस्किल पर्थ्यो । कहिले काहीं त आज हुँदैछ रे भन्ने सुनेर रातभर कुरेर बस्थ्यौं तर आउँदैनथ्यो । टिभीमा लाइभ हेर्न नपाएका कतिपय महŒवपूर्ण खेलहरू क्यासेटमार्फत् पनि हे¥यौं । नेपालगन्जबाट भिडियो क्यासेट मगाएर पछिसम्म पनि हामी विश्वकपका खेलहरू हेथ्र्यौं ।
मनपर्ने म्याराडोना
म्याराडोना मलाई सबैभन्दा मन पर्ने खेलाडी हुन् । उनको खेलशैली निकै उत्कृष्ट थियो । म्याराडोनापछि अर्जेन्टिनाकै सर्जियो बाटिस्टा, ब्राजिलका रोनाल्डिन्हो लगायतका खेलाडी पनि मन परे । तर अहिले पहिलेको जस्तो आकर्षक हुँदैन खेल । अहिले फुटबल टेक्निकल खेल भएको छ तर खेलशैली भने पहिलेकै राम्रो र आकर्षक थियो । पहिले राम्रो खेल खेलिन्थ्यो तर अहिले त खेलाडीहरूको ध्यान राम्रो खेल्ने भन्दा पनि गोल गर्नेमा बढी केन्द्रीत भएको देखिन्छ । जसले गर्दा खेलाडीहरूमा स्वार्थीपना पनि हावी भएको पाइन्छ । केही सीमित खेलाडीको चर्चा हुने गरे पनि अरुको खेल त्यत्ति राम्रो छैन । जसले गर्दा विगतमा जस्तो आकर्षण छैन ।
मनपर्ने अर्जेन्टिना, दावेदार स्पेन र जर्मनी
मलाई सुरुदेखि नै मन पर्ने टिम अर्जेन्टिना हो । तर अर्जेन्टिना मेस्सीमा मात्र भर पर्दा विश्वकप जित्न गाह्रो हुन्छ । अन्य खेलाडीहरूले पनि मेस्सीलाई उत्तिकै साथ दिनुपर्छ । मेस्सी र गोन्जालेज हिगुईनसहित अन्य खेलाडीहरूले पनि राम्रो खेल्न सकेमा अर्जेन्टिनाले विश्वकप जित्न सक्छ । अर्जेन्टिनाबाहेक स्पेन र जर्मनी विश्वकपका मुख्य दाबेदार हुन जस्तो लाग्छ । उनीहरूको टिम उत्कृष्ट छ । खेलशैली पनि राम्रो छ । ११ जना खेलाडी मैदानमा उतार्दा पनि बेञ्चमा रहेका १२ जना खेलाडी उत्तिकै उत्कृष्ट हुन्छन् । त्यसैले स्पेन र जर्मनी यसपटकका प्रमुख दाबेदार हुन् ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७५, बुधबार १३:५७