दाइको कुटाइबाट भाइको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ जेठ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा मदिरा पिएर दाइले कुट्दा भाइको मृत्यु भएको छ । यही जेठ १९ गते सँगै बसेर मदिरा सेवन गरिरहेका बेला भएको विवादका क्रममा दाइको कुटाइबाट घाइते भएका भाइको सोमवार मृत्यु भएको हो । चौकुने–१० घाटगाउँका चक्रबहादुर राजीले मदिरा सेवन गरेरकुट्दा घाइते भएका खगेन्द्र राजीलाई उपचारका क्रममा कैलाली लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार मदिरा सेवन गरिरहेका बेला घरायसी विवाद भएपछि चक्रबहादुरले खगेन्द्रलाई कुटेका थिए । कुटपिटबाट घाइते भएका खगेन्द्रलाई उपचारका लागि कैलाली लैजाने क्रममा सोमबार बाटोमा मृत्युु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले बताए । उनका अनुसार मृतक खगेन्द्रको शवलाई पोष्टमार्टमका लागि टिकापुर पठाइएको छ भने, चक्रबहादुर प्रहरीको नियन्त्रणमा छन् । घटना बारेमा थप अनुसन्धान भरहेको उनले बताए ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७५, मंगलवार १५:१५