चार मन्त्रीसहित प्रधानमन्त्री सुर्खेत आउँदै

सुर्खेत, २४ जेठ । online news
प्रधानमन्त्री केपी शर्मा ओली चार जना मन्त्रीसहित भोली(मंगलवार) सुर्खेत आउने भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विश्वविद्यालय सभा
(सिनेट)मा सहभागि हुन ओली सुर्खेत आउन लागेका हुन् । सिनेटसँगै उनले करिब आधादर्जन कार्यक्रममा सहभागिता जनाउने छन् ।
प्रधानमन्त्री ओली मात्र होइन शिक्षा मन्त्री एवम् विश्वविद्यालयका सहउपकुलपति गिरिराजमणी पोख्रेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, पर्यटन राज्यमन्त्री बलबहादुर महत पनि सुर्खेत आउँदैछन् ।
यो सँगै सुर्खेतमा भोली नेताहरुको जमघट हुने भएको छ । विश्वविद्यालयको सिनेट, विश्वविद्यालयकै केन्द्रीय भवन शिलान्यास, मप क्षेत्रीय अस्पतालको नयाँ भवन उद्घाटन लगायतका कार्यक्रम तय गरिएपछि सुर्खेतमा यस क्षेत्रका नेता तथा सांसदहरु पनि आउने भएका छन् ।
नेकपा एमालेका महासचिव इश्वर पोख्रेल, नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का, सांसदहरु जनार्दन शर्मा, हृदयराम थानी, तप्नबहादुर विष्ट लगायतको पनि सहमागिता रहने बुझिएको छ । एमाले महासचिव पोख्रेल एमाले सुर्खेतले आयोजना गरेको आमसभामा सहभागि हुनका लागि आउन लागेको जनाइएको छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७३, सोमबार १३:४०