कृषकको बारीको माटो परीक्षण

सुर्खेत, १३ जेठ । (साबिस)
सुर्खेतका विभिन्न ठाउँका कृषकहरूको बारीको माटो परीक्षण गरिएको छ । जनमुखी कृषि तथा पशुपालन सहकारी संस्थाको आयोजनामा सुर्खेतका विभिन्न ठाउँका ७० जना कृषकको बारीको माटो परीक्षण गरीएको छ ।
मातृभूमि कृषि सामग्री उद्योग भरतपुर चितवनले सुर्खेत विभिन्न स्थानमा किसानको माटो परीक्षण गरिएको छ । कृषिमा लागेका कृषकहरूको आय–आर्जन बढाउनका लागि कृषकका बारीको माटो परीक्षण गरिएको हो । परीक्षणका क्रममा माटोमा अम्लिय पनि निकै बढ्दै गएको पाइएको मातृभूमि कृषि सामग्री उद्योगका कार्यक्रम संयोजक यदुराज वाग्ले जानकारी दिए । माटोमा अम्लियपन
बढी तथा नाइट्रोजन, पोटासयुक्त मलको कमी हुँदा माटोको सुक्ष्म तत्व समेत नास हुँदै जान थालेको उनले बताए ।
मलको प्रयोग बढी र घरयासी मलको प्रयोग कम गर्दा माटोमा अम्लिय पन बढेको उनको भनाइ छ । उनले मलखाद र कृषि चुनाको प्रयोग गर्नसके माटो अम्लिय हुनबाट जोगाउन सकिने बताए ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७५, सोमबार १४:२४