सुर्खेत–रारा यात्राका उपलब्धि र सुझाव

डा.दिपक गौतम

कणाली प्रदेश सरकारले यसवर्षको सुरुकै दिन प्रधानमन्त्रीमार्फत् कर्णाली–रारा पर्यटन वर्ष २०७५ को घोषणा गरायो । लगभग १५ हजार जनताकाबीच प्रदेशका मन्त्रीहरू तथा माननीयहरू, संघका मन्त्री, माननीयहरू, उच्चपदस्थ कर्मचारी तथा व्यापारीहरू, उद्योगीहरूलाई साक्षी राखेर यस वर्ष कर्णाली प्रदेशभित्र पाँच लाख पर्यटकहरू भिœयाउने लक्ष्य लिइएको छ । रारा तालकै किनारबाट संवोधन गरिएको प्रधानमन्त्रीको भाषणलाई रेडियो तथा केही टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेका हुन् । यसअघि पनि राराको महŒवलाई थप उजागर गर्न माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रीमण्डलको बैठक बसेको हो ।
यसका अतिरितm स्थानीय संघसंस्थाहरूले पनि यस्ता क्रियाकलापहरू गर्दै आएको पृष्ठभूमि तथा परम्परामा रारालाई प्रमुख गन्तव्यस्थलका रूपमा हेरिदैंछ । विभिन्न पेशा र व्यवसायी गरिरहेका मानिसहरू दैनिक जसो रारा तालको अनुपम सौन्दर्य हेर्न हिँडिरहेका छन् । कतिपय पैदल पनि रारा पुग्छन् भने बाइक, साइकल, कार, बस, प्लेन रारा ताल पुग्ने प्रमुख साधनहरू बनेका छन् । तन्नेरी युवाको एडभेन्चिङ टुरले रारा तालले सम्भावना झल्काइरहेको छ । राष्ट्रिय, स्थानीय तथा प्रादेशिकस्तरका पत्रपत्रिकाले रारा ताललाई प्राथमिकतामा नै पारेका छन् । पूर्वराजा महेन्द्रले २०२० साल चैत्र तीन गतेका दिन ‘सुन्दरताको भण्डार सहरा के खनाया यसै राराकी अप्सरा’ भन्ने गीत लेखेका रहेछन् । राराका विषयमा आधिकारिक जानकारीका लागि रारा राष्ट्रिय निकुञ्ज नाममा वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्जले पोस्टर प्रकाशित गर्दै आएको पनि छ । केहीले लेखेर अनि केहीले देखेर र केहीले सुनेर रारा ताललाई पढ्दैछन् । राराताल पढ्नु भनेको रारा राष्ट्रिय निकुञ्ज, अन्य भागहरू, बस्ती विकास, निकुञ्जको मध्यवर्ती तथा खास भाग, नदीप्रणाली मुख्य तथा पदयात्रा, भूमिप्रयोगको स्थिति र अवस्था, मुगाली जनताको स्तर, जीवनशैली रहनसहन, भेषभूषा, रीतिथिति मात्र जान्नु हैन, पानी, जंगल, माछा, हिमाल, हावापानी, माटोको बनोट सीमसार, वन्यजन्तु, घाँस जस्ता प्रत्यक्ष विषयमा ज्ञान पुननिर्माण पनि हो । यसले ज्ञानको क्षितिजलाई पराकिलो पार्छ ।
रारा ताल नेपालकै प्रमुख गन्तव्यस्थल बनिसकेको छ । नेपालको अर्थतन्त्रको विकासका लागि सबैभन्दा अगाडि कृषि, त्यसपछि बिजुली र त्यसपछि पर्यटन अनि उद्योग लगायत खानी–खनिज, भाषासाहित्य, कला संस्कृतिको विकास प्राथमिकतामा पार्नुपर्ने वस्तुगत स्थित छ । पर्यटन तुलनात्मक रूपमा कम लगानीमा बढी लाभ लिने वा उपलब्ध गराउने उद्योगको रूपमा लिइएको छ । मलेसियामा वर्षमा चानचुन तीन करोड पर्यटकहरू भित्रिए पनि बसाई अवधि एकदम छोटो हुन्छ, तिनले किनेर लिने आकर्षक वस्तु बनाउन सकिएको छैन । विविध कारणले पर्यटन भनेजस्तो फस्टाउन नसक्नु कमजोरी नै हो । यस पृष्ठभूमिमा सुर्खेत–गमगढी राराताल र राराताल–सुर्खेतको यात्रापक्षलाई उल्लेख गरी सरोकारवाला सबैलाई रूपान्तरित हुन सन्देश दिइएको छ । नेपाली कसैले पनि राम्रा विषयलाई अनुभूति गर्ने, व्यवहारमा लगाउने र आफु रूपान्तरीत भइ पर्यटनको विकास गरी आर्थिक सवलीकरण गर्ने मूलबाटोमा लाग्नु हामी सबैको मूल जिम्मेवारी बनेको छ । मेरो पछिल्लो राराको यात्राले सिकाएका पाठहरू यस प्रकार छन् जुन सुधार गरेको खण्डमा समृद्ध नेपाल र सुखी नेपालको भविष्य पुननिर्माण यसरी गर्न सकिन्छः
१. यातायातको व्यवस्थाः रारा ताल पुग्नका लागि बाजुरा, जुम्ला र मुगुका जनताहरूले मुलतः पैदल यात्रा गर्ने गर्दछन् । उच्च वर्गका पर्यटकहरूले हवाई यातायातको उपयोग गरी आएका छन् भने मध्यमवर्गकाले सडकमार्गको प्रयोग गर्दै आएका छन् । आन्तरिक पर्यटनको संख्या बढी छ र प्रयोगको साधन मोटर बन्दैछ । कर्णाली राजमार्ग र कर्णाली करिडोर रारा पर्यटनका उपलब्धिहरू रहे पनि सुर्खेतदेखि रारातालसम्मको सडक दुर्दान्त छ । तिला कर्णालीदेखि खाडाचक्रसम्म ६ भन्दा बढी ठाउँबाट पहुँचमार्ग खोल्न डोजर लगाएको छ । मान्मा खाँडाचक्रसम्म जो आफैमा अति संम्वेदनशील भू–वनावटको भूगोल हो । दोहोरो गाडी पास हुननसक्ने, जनतामा सडक अचेतना, सडक मिचेर भित्ता खोपेर पक्की र आलिसान भवन निर्माणको होड, सरकारी उदाशीनता, भीर पार गरेर गुज्रिएका बाटा, पहिरोको जोखिम, संवेदनशील जलाधारले सडक विकासमा प्रत्यक्ष बाधा पारिरहेका छन् । सिन्डिकेट रारायात्राको अर्को मूल समस्या हो । समय, श्रम, साधनको लापरर्वाहीले पर्यनको विकासमा बाधा पुग्छ । असुरक्षा, अशिक्षितता तथा अभाव कुनै पनि मानवको हितकर भावहरू हैनन् । यसकारण कर्णाली राजमार्गलाई मृत्युमार्गबाट शीघ्र रूपान्तरित गर्नु छ र कर्णाली करिडोरलाई अहिलेलाई बाजुराको बालिडक
(झँगलाघाट) सेनालाई नै चलाउन दिनुपर्ने स्थिति छ । बोल्डिकबाट रारातालको पश्चिम–दक्षिण कुनासम्म मोटरबाटो लैजादाँ समय, साधन र स्रोत खाँदै नेपाललाई परनिर्भर बनाएको छ ।
२. भौतिक पूर्वाधार विकास तथा होटल व्यवसायीकरणः शहरीकरण माथिल्लो कर्णालीको थप विशेषता हो । यसले ल्याएका बस्ती, भवन निर्माण, सडक, होटेल, सञ्चार, जीवनशैलीका रूपान्तरित परिणामहरू भित्र नकारात्मकता र सकारात्मकताहरू छन् । विना योजना, निति तथा कार्यक्रमका भौतिक पूर्वाधार विकास तथा पेशा व्यवसायले थप पर्यटकको मन त तान्न सक्दैनन्, पर्यटन गरिरहेका लागि पनि पट्यार लाग्दो, निरशः क्लान्त र पीडादायी बन्छन् । पर्यटक बस्ने बासहरू खोलाको किनार, भिर, पहिरो, अनकन्टार ठाउँ छन् । बस्तीहरू सुन्दर, शान्त, आकर्षक लाग्दैनन् । सुर्खेतको स्याऊले बजारदेखि नै असुरक्षित छ, तल्लो डुङ्गेश्वर, रामघाट, पादुका, जितेगडा, पिली, मान्म, नाग्मा लगायतका दशौं बस्तीहरू खतरामुक्त छैनन् । सुर्खेतदेखि रारासम्म दही, दूध पाइन्न, फलफूल पाइन्न, माछा मिठो पाक्दैन, मासु आगोमा मात्र सेकाइन्छ, प्लास्टिकका भाडाभन्दा भन्दा अन्य प्रयोग छैन, चाउचाउ, चाउमिन, समोसा बाहेक अरु खाजा केही पाइदैन । पर्यटकले खाने, बस्ने, आराम गर्ने कोठाहरू पर्यटनमैत्री छैनन् । रारा वरपर भन्दा मनाङमुस्ताङ कम उचाइमा छैन तर सरसफाइ भरपर्दो, आकर्षक, उत्तेजक छ । यसकारण सडकमा व्यवसाय गरेर बसेका सबै व्यावसायीले त्यसतर्फ ध्यान दिनु आवश्यक छ । चर्को, पीरो, फोहोर, बासीले कसैलाई आकर्षण गर्दैन, त्यसमा पनि उच्च र सचेत पर्यटकलाई त झन गर्दैन । त्यसकारण यि व्यावसायीलाई प्रदेश सरकारले मुस्ताङ मनाङको यात्रा गराउनु पहिलो शर्त बनेको छ । चौबीसै घण्टा पानीको सुविधा छ, भाँडाहरू फोहोर छन् । कोदो, फापर, जौ, रातो चामल, गहुँ, आलु, स्याऊ लगायत स्थानीय उत्पादनको स्वाद लिन चाहने पर्यटकको पहिलो विशेष्ता हो । राराको पर्यटन तराईकै साधन, सहरका पर्यटक, साहुकै बस प्रयोगबाट स्थानी आयवृद्धि गर्ने सम्भावना कत्ति पनि दिन्न । व्यवसायी स्वयम् सफा, सुग्धर, सुन्दर आकर्षक नभए, वातावरण बच्चाबच्ची, बुढाबुढी सुग्घर नभए पर्यटक लोभिदैनन् कहिले पनि । यसकारण स्थानीय उत्पादन पर्यटकको उपयोगविना कर्णाली राराका पर्यटन विकास सपना मात्र हो ।
३. राजनैतिक, आर्थिक, सामाजिक, जैविक, सांस्कृतिक, ऐतिहासिक पक्षको जीवन्त अध्ययनको रारा पर्यटन महŒवपूर्ण, विकल्पहीन र असीम सम्भावनाको विषय हो । यात्राका क्रममा स्थलगत, जलगत, जडिबुटीगत, भूमिगत, स्थानीय सीप, ज्ञान, अवधारणा, हिमाल, पहाड तराई, चुरे पहाड, चट्टान, पाटन, लिंगीय विभेदहरूको अध्ययनको भरपर्दो साधनका रूपमा रारा पर्यटनलाई लिन सकिन्छ । कतैकतै रातोधानको भात, कोदोको रोटी, लोकल उत्पादनको उपयोग यात्राले दिने सुर्वण अवसरहरू हुन् । गोठाला गएको, कोदो गोेडेको, भेडा चराएको, भेडी गोठालाको वेशभूषा, गुच्ची च्याउ टिपेको–खोजेको बाटोमा गिट्टी कुटेको, भाँडा माझेको, नाउलो बनाएर पानीको संरक्षण गरेको दृष्यहरूले यात्रालाई थप आकर्षक बनाइरहँदा चुरोट, रक्सी, जाँड, धेरै गफ आडम्बरीपूर्ण व्यवहार, नकारात्मक फुड हेबिट, अत्याधिक महिला शोषण, गाईको दूध पराइलाई नबेच्ने जीवन व्यवहारले पर्यटकको मन खिच्दैनन् । एकजना महिला मात्र हैन दशौं महिला अगाडि गाइ पछाडि डोको र बीचमा बच्चा (मान्व) बोकेर भिरालो जमिनमा गोठाला, घाँस र हेराला तीन–तीन वटा दायित्व बोकिरहँदा कर्णालीले टीठ मान्दैनन् महिलाप्रति ।
छाउपडी, बहुविवाह, अमेल विवाह, अति सन्तान उत्पादन मेसिन ठानिरहँदा महिला अझै पनि दोस्रो दर्जाको रूपमा छन् । दलित हेपिएका छन् । रुढिवादिताले घर घेरेको छ, कोदो गोड्दा, मल बोक्दा, पिनो पिस्दा, सोत्तर साँद्दा, अर्मपर्म गर्दा महिलाबाहेक अरुले नगर्ने कुरितीले पर्यटकको मनलाई भट्काउँछ । पर्यटक पढेलेखेका संवेदनशील र अध्ययता हुन्छन् । आँ गर्दा अलंकार बुझ्ने भइसकेका हुन्छन् । त्यसकारण
सुर्खेतदेखि रारासम्मका सबै सम्वद्ध पक्षले यस क्षेत्रमा प्रचलित खाएको केही देख्दैन, लाएको सबै देख्छ या घर भएपो भर भन्ने उखानको वास्तविक चरित्रार्थ गरी रारा पर्यटनलाई ढुङ्गा खानी, हिमाली पशुपंक्षी, रक क्लाइमिङ, भाषा साहित्य, कला अध्ययन, हिमनदीको अध्ययन लगायत थुपै्र विषय सम्बद्धसँग जोडौं । केबल रारा तालको मात्र चर्चा नगरौं यसलाई मुर्माटप, ऋणामांक्ष दह, संरसय मंश अटाउनसक्ने भित्रै पानी भएको अनओढार, केसमालिका, चंखेली हिमाल, कार्मा रोङ र मुगाल भाषा, खप्तड ट्रेकिङ, नाक्चेलाग्ना पदयात्रा, रारा–सिमीकोट–हिल्सा पदयात्रा, मुगु कर्णालीको जलयात्रालाई रारा पर्यटनसँग अगाडि बढाए मात्र वास्तविक अर्थमा रारा पर्यटनको विकास हुनसक्छ । कार्तिक महिनादेखि जेठसम्मका उजाड पहाडका बीचको यात्रालाई
हरियाली यात्रामा लैजान प्रदेश सरकारका मन्त्रीहरूका भाषणभन्दा वृक्षारोपण गरी हरियाली बनाइ पशुपालनको विकास गर्दा सिर्जनशीलता लाग्न सक्छ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७५, सोमबार १६:२७