ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ जेठ ।
ट्याक्टरले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । झुप्राखोलादेखि वीरेन्द्रनगरतर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चुरीका अनुसार भे १ त ६८६७ नम्बरको ट्याक्टरले बिहीवार वीरेन्द्रनगरको खजुरा नजिक ठक्कर दिँदा पैदल हिँडिरहेका वृद्धको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट जुम्लाको तातापानी गाउँपालिका–४ गिडिखोलाका ६१ वर्षीया मनसा पाण्डेको मृत्यु भएको हो । प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारको क्रममा माया नर्सिङ्ग होमतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।
पाण्डेको शव घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्यपछि पोष्टमार्टमको लागि क्षेत्रीय अस्पताल कालागाउँमा राखिएको छ । थप अनुसन्धानका लागि ट्याक्टर चालक लेकवेशी नगरपालिका–८ चिङ्गाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले बताए ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७५, शुक्रबार १४:३२