कर्णाली प्रिमियर लिग : शक्ति गौचनको रुपन्देही–११ विजयी

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेकाे  रुस्लान कर्णाली प्रिमियर लिग(केपीएल)  अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही- ११ ले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भेरीगंगा क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो।

रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३/३ विकेट तथा  बिक्रम भुसालले २ विकेट हात पारे। भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन योगदान दिए।

६९ रनको लक्ष्य रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे। प्रतियोगितामा भेरीगगाको यो लगातार दोस्रो हार हो भने रुपन्देहीले पहिलो खेल खेलेर विजयी सुरुवात गरेकाे छ ।