खेलकुद सप्ताह सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २ जेठ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युुनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आयोजनामा विश्व–विद्यालयको वीरेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस परिसरमा सप्ताह सुरु भएको हो । ‘व्यक्तित्व निर्माण र बौद्धिक विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुुधवार चौथो खेलकुद तथा रचनात्मक क्रियाकलाप सप्ताह उद्घाटन गरिएको हो । विश्व–विद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्व–विद्यालयको गरिमालाई उच्च बनाउन प्रयत्नशील रहेको बताए ।
रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले लथालिङ्ग हुन लागेको विश्व–विद्यालयलाई आफूहरूको नेतृत्वमा सफलतापूर्वक हाँकिरहेको दावी गर्दै सुर्खेतमा सीमित विश्वविद्यालयलाई अमेरिका, युरोप र एसियामा पुु¥याउन लागिपरेको बताए । विभिन्न संकायका डीन, निर्देशक, क्याम्पस प्रमुख, पेशागत संघ, संगठनका प्रमुख, अनेरास्ववियु मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष गगन सिंह ठकुरी, नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष यज्ञ राम्जाली, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य तीर्सना हमाल लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७५, बिहीबार १५:३१