हुम्लामा विमान दुर्घटना : पाइलट र को–पाइलटको मृत्यु

सुर्खेत : सुर्खेतबाट कार्गो लिएर हुम्लाका लागि उडेको मकालु एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ स्थित राया र थाली गाउँको बीचमा पर्ने बाहुनखर्कमा दुर्घटनाग्रस्त हुँदा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

उक्त विमान बुधबार बिहान सुर्खेतबाट हुम्लाका लागि उडेको थियो । प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार विहान दस बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनास्थलबाट शब निकालेर ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   २ जेष्ठ २०७५, बुधबार ११:२०