‘काम कांग्रेसले, जस कम्युनिष्टलाई’
सुर्खेत, ३१ वैशाख । (साबिस)
नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेसले आफूले गरेको काम अनुसारको जस लिन नसकेको बताएका छन् । सोमवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्र स्थापनाको प्रमुख दल कांगे्रसले देशका लागि धेरै गरे पनि जस लिन नपाएको गुनासो गरेका हुन् ।
‘देशमा जनतालाई लोकतन्त्रको अनुभूति दिलाउने नै कांग्रेस हो, तर आफैले ल्याएको परिवर्तनको जस लिन पाएन,’ उनले भने, ‘कांग्रेसमा पदका लागि आन्तरिक लडाईंमै व्यस्त हुँदा उपलब्धिको जस लिन पाएनौं, तर हामीले गरेको कामको पनि अरुले जस लिँदै सत्तामा पुग्ने अवसर पाए ।’ उनले कम्युनिष्टहरूलाई सत्ताको अवसर कांग्रेसले नै दिएको दाबी गरे । ‘यदि हाम्रा नेताहरू आफ्नै प्रतिष्ठाको लडाईंमा घरभित्र फुट्दैनथे भने, आज कांग्रेसले सरकार सम्हालिरहेको हुन्थ्यो,’ उनले थपे, ‘तर आफूले गरेको कामको जस लिन पनि नसक्ने र आन्तरिक समस्या सुल्झाउन पनि नसक्ने भएकै कारण हार व्यहोर्नुप¥यो ।’
उनले आफूहरूले निर्वाचन अघिसम्म बाम एकताले राम्रो काम गर्ने अपेक्षा राखे पनि विस्तारै निरंकुशतातिर गइरहेको आरोप लगाए । सरकारले संवैधानिक निकायहरूलाई आफ्नै मातहतमा लिएर निरंकुशताको झलक दर्शाएको उल्लेख गरे । उनले विश्वमा पछिल्लो समय नेपालमा मात्रै धेरै मत पाउनु अपवाद भएको हुँदा अपवादलाई सधंैका लागि रहन दिन नहुने भनाइ राखे ।
साझा बिसौनी ।