मोदी यात्राले दिएको सन्देश

पृथ्वीबहादुर सिंह


समाज विकासको क्रममा जंगली युगपछि धार्मिक युग सुरु भएको हो । मानव चेतनाले जंगली युगमा मानवले मानवमाथि शासन, अन्याय, अत्याचार, सुरक्षा जस्ता राम्रो पराक्रम गर्ने रीतिथिति बसाल्ने ती महामानवलाई पछिका पिढींले उनीहरूले मार्गदर्शन पथ प्रदर्शक हुन गएकोले पितृ पूजा गर्न लागेका हुन् । कालान्तरमा ती पितृलाई देवदेवीको नामाकरण गरी पूज्न थालिएको हो । प्राचीन युगमा पनि आजका जस्ता भविश्यद्रष्टा, अनेकौं विद्या भएका विदुशीहरूको जन्म हुन गएको थियो । राज्यसत्ता सञ्चालन गर्ने राम, जनक जस्ता जनता सुख, दुःख हेर्ने राजाहरूको उदय हुन गएको थियो । कृष्णजस्ता कुटनीतिज्ञ, सरस्वती, काली, महाकाली, पराक्रमी महिलाहरूको पनि जन्म भएको हामी हिन्दु दर्शनमा पाउँछौं । आजजस्ता अहंकारी, मानव हत्या गरी शासक बन्न चाहने निरंकुश, हिरण्य कस्यप, दुर्योधन, सकुनी, मन्थरा जस्ता अनेकौं महिला–पुरुष जन्मिएका थिए, जुन पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । सधैंजसो युद्ध संहार, प्रतिकार, युद्ध घटनाहरूका घटनाक्रम एकै हुन्, समय कालक्रममा मानव विकास क्रममा तिनीहरू युद्ध घटनाक्रमका रूप फरक मात्र हुन् । ढुङ्गे युगदेखि ठूलो धनुषवाण, एकनाले बन्दुक, राइफल हुँदै अहिले आएर अन्तरिक्षको युद्ध, गगनभेदी क्षेप्यास्त्रमा युद्ध मडारीरहेका छन् । हिजो कमजोर कविला राज्य बलिया कविला राज्यले हरण गरेर जनशक्ति, उत्पादन, सम्पदा, जमिन, प्राकृतिक सम्पदा हडपेर लिन्थे । आज उपनिवेश तथा नव–उपनिवेश शक्तिबलमा लिने गर्दछन् । आज जति–जति जनसंख्या वृद्धि मानव मस्तिष्कले अनेकौं ज्ञान–विज्ञानको विकास गर्दै गयो राज्य व्यवस्थापनदेखि मानवले मानवमाथि शोषण गर्ने तरिकाहरू पनि फेरवदल हुँदै आइरहेका छन् ।
पौराणिक कालमा पराक्रम गर्ने मानवलाई मध्यकालमा आएर तिनैलाई देवदेवीको रूपमा पूजा पाठदेखि वलीप्रथा कहीं त मानव वलीसम्म दिएर आत्मासन्तुष्टि आयु लामो बन्छ भनि थान मान्ने प्रथा संसारभर सुरु भएको हो । सानो थानबाट पुज्न थालिएको उच्च पहाड मैदान मधेशदेखि हिमालका चुचुरामा मन्दिर निर्माण गर्ने आस्था बिसाउने उहिलेको जम्बुदीप अहिलेको दक्षिण एसिया भरी हिन्दु सम्प्रदायहरूले स्थापना गरेको पाउँछौं । त्यो समयमा दक्षिण एसियामा हजारौं–हजार साना–ठूला स्वतन्त्र राज्यहरू थिए । त्यो समयमा अनेकौं अन्याय गर्ने राजाहरूका विरुद्ध एकजुट भएर युद्ध मोर्चामा सामेल हुने गर्थे । जसको उदाहरण महाभारत युद्ध हो । त्यो युद्ध जुम्बुद्विपका धेरै राज्यहरू युद्धमा सामेल भएका थिए ।
हिन्दुधर्म संसारकै सबै भन्दा पुरानो धर्म मानिन्छ । सुरु मानव विकासमा यो धर्म समाजमा सबै बराबरी थिए । विद्युषी मनु स्मृति सिर्जना गरी मानव जन्मको व्याख्या गरी जात वर्ण व्याख्या गरेपछि विभेद सिर्जना भएको हो । एउटा मानवले समाज सञ्चालन गर्न बनाएको नियम–कानुन, संस्कृति–संस्कार माथि अनेक प्रकारले मानवले मानवको श्रम शोषणका अनेकौं विधि धार्मिक शोषण थिति बसाल्न पछि थालिएको हो । हाम्रो जीवनकाल देखेका छौं । ढुंगाको कापमा रुखको मुनतिर थान बनाइ पुज्ने देवदेवीका मन्दिरहरू विशाल मन्दिर मूर्ति स्थापना गरिएका छन् । एक पटक संसारभर सबैप्रकारका धार्मिक राज्यहरू स्थापना भएका थिए । आफ्नो राज्य राजइच्छा त्यागेर शान्तिको सन्देश दिन हिँडेका भगवान् बुद्धले लामा बनेर राज्य गर भने होलान् तिब्बतमा दलाइ लामा राजा बने । सामान्तले क्रुसका झुण्ड्याएका ईसा महिसले राज्य गर्नु भने होलान् । युरोप अमेरिका धेरै मुलुकहरू एक पटक क्रिश्चियन धार्मिक राज्य थिए । अहिले पनि केही मुलुकमा पार्लिमामेन्टसँग जोडिएर बनेका गिरिजाघर उभिएका छन् । पोप पादरीहरूले अनेक प्रकारले धार्मिक शोषण गरेर कमाएको भनि नौ वर्ष युरोपमा धार्मिक युद्ध गर्नु परेको थियो ।
सबैभन्दा अगाडि धार्मिक राज्य भएका मुलुकहरूले सामान्तवादी राज्यविरुद्ध युद्ध गरी राजालाई समेत जिलेरिनमा फाँसी दिन पुगेका थिए । आज धार्मिक स्वतन्त्रता पनि ती मुलुकहरूले भोगिरहेका छन् । ज्ञान–विज्ञानको पकृतिसँग मिलेर विकास गरेर मानव समृद्धि सुविधाहरू भोगिरहेका छन् । हामी हिन्दु वा अन्य धर्मावलम्वीहरू ती विकसित मुलुकहरू श्रम बगाउन गइरहेका छौं । कयौं मुश्लिम राष्ट्रहरू अहिले पनि सरिया कानुन लाद्न मलालाहरू मार्न उद्दत भइ लागिरहेका छन् । कयौं धर्मका नाममा संसारमा बहुमत खडा गर्न सशस्त्र समूहमा लागेका छन् । कोही संसार भर धर्म प्रचार गर्न हिँडिरहेका छन् । आखिर धर्ममा सबैको उद्देश्य एउटै छ । हत्या हिंसा नगर्नु, सत्यमा रहेर अगाडि बढ्नु खाली बुझाइ मात्र फरक हो । सबै धर्मले शून्यमा शून्य ईस्वर चराचर जगत हेरि रहन्छन्, मानिरहेका छन् । संसारकै सबैभन्दा सजिलै मानव जीवनका लागि खाना बस्न सजिलो भएको जम्बुद्विप दक्षिण एसियामा हो । त्यही भएर पनि संसारको पहिलो मानवबस्ती बसेकोले पनि सबैभन्दा पुरानो आर्य सम्पदा यहाँ पटक–पटक महान विदुषी विभिन्न भू–भागमा राज्य गरे । सुशासन कायम गर्न अनेकौं मानव उपयोगी नीति ग्रन्थहरू निर्माण त्यो पौराणिककालमा सिर्जना गरेका अहिले हामी धर्म संस्कारको रूपमा ग्रहण गरिरहेका छौं । मध्येकालको अन्त्यतिर हिमालय पर्वतको सिंजा सम्राज्य दक्षिण एसियाको १६ लाख पहाडमा तिब्वतको पठारदेखि मधेशसम्म फैलिएको थियो । अहिले पनि यो विशाल साम्राज्यको विस्तार कर्णाली प्रदेशका लोक साहित्यमा पाउँछौं ।
यो साम्राज्यमा अनेकौं ताल मध्ये सुरुको ताल सुर्खेत हो । दोस्रो ताल रारा ताल, तेस्रो ताल मानसरोवर हो । बौद्ध हिन्दु धर्मलाई सिंजाली राजाहरूले राष्ट्रिय मान्यता दिएकोले काँक्रेविहार डाँडोमा भएको भव्य मन्दिर साझा हो । प्राकृतिक प्रकोप हो वा मुश्लिम धार्मिक युद्धमा यो भिमकाय साझा मन्दिर भत्किएको प्रवल सम्भावना अनुमान गर्न सकिन्छ । सिंजा राज्यसँग दौत्य सम्बन्ध भएका मुलुकहरूका राजपरिवार हिउँदमा यो सुन्दर कालो सुर तालमा ढुङ्गा खेलेर मन्दिरमा पुगी पूजाआजा गरी आस्था बिसाउने गर्दथे ।
मानव विकासमा एउटा धर्म शासनबाट पेलिएपछि अर्काे धर्म राज्य विस्तार गर्न मानिस हिँडेको हो । त्यस्तै मानिस जति विकट जीवन हुर्कियो उति कठिन पूर्वक मेहेनत गरेर सुगमतातिर उन्मूख हुँदै आइरहेको छ । प्राकृतिक रूपले बाँच्न कठिन पश्चिमका मुलुकहरूले प्रकृतिसँग मिलेर ज्ञान विज्ञान आविष्कार गरेर सामरिक हिसाबले बलियो हुन पुगे । मानिसको सट्टा मेशिनबाट उत्पादन वस्तु संसारभर श्रम र प्राकृतिक सम्पदा शोषण गर्न विश्वभरी समाज्य खडा गरे । हामी बाँच्ने एसिया महादेशमा धेरै सजिलो प्रकारले प्रकृतिक सम्पदा दिएका मुलुकहरू प्रत्यक्ष उपनिभेष नेपाल जस्ता साना मुलुकका शासक जङ्गेहरू भाडामा युवक पठाएर अंग्रेजी समाज्य बचाउन उनीहरूको निर्देशनबाट निरकुंश शासक बनेको इतिहासमा छनक पाइन्छ । धर्मको नाममा २१ औं शताब्दी लाग्दासम्म जनता लुट्न धार्मिक राज्य बनाउन हाम्रा सम्राटहरू कहिले भारतका धर्म पिट धुम्छन् । कहिले धार्मिक रथ भारतीय हिन्दु मठाधिषकोे इसरामा नाच्ने कोसिस गरिरहेका छन् । लेलिनको भनाईमा मानिस आफ्नो स्वार्थमा धक्का लागे पछि ज्यामितिय हिसाबले बाङ्गिन्छ । त्यस्तै भएर भारतले २०७२ सालको जन संविधानले नेपाल युगौंदेखि अदृश्य रूपले शक्ति राज्यको पराधिन हुँदै उसैको इसरामा राज्य सञ्चालक भाडामा नियक्ति हुने क्रिया केही हदसम्म यो संविधानले अन्त्य गर्न पुगेको महसुस ग¥यो । उसले १३५ दिन अघोषित नाकाबन्दी गरेर मधेशी भावना समेटिएन भने, महाभूकम्पले थला परेको नेपाललाई द्वन्द्वमा धकलेर नुन चुक दलेकै हो । सत्तामा पुग्ने ददाल जङ्गेहरूले सधैं शासन चलाउन दिल्ली दरबारलाई सोध्ने भएकोले संविधान संशोधन गरेर पुनः नेपाललाई प्राकृतिक र मानवीय श्रम लुट्न चाहन्थ्यो । तत्कालीन केपी शर्मा ओलीको सरकार झुकेन । नाकाबन्दी मधेश आन्दोलन आफै सेलायो । २० वर्षको द्वन्द्वपछि बनेको जनसंविधानले तीन तहको निवार्चन सम्पन्न हुन गयो । विश्वमा उदाउँदो आर्थिक बजार कब्जा गर्दै सशस्त्रमा बलियो बन्दै गएको उत्तर छिमेकी चीनले नेपाली बजार हात लिन बढाउन थालेपछि युगौंदेखि नेपाली बजार आदिपत्य जमाउँदै आएको हिन्दुस्तानको निन्द्रा खलबलिन पुग्यो ।
भारतीय शासकहरू लगतै इष्टीमेट तयार गरी आर्य संस्कृति बोकेको भाषा संस्कृति सम्बन्धसमेत जोडिएको मुलुक हो नेपाल । युगौं युगदेखि नेपालका छोटे–बढे राजा तथा रजौटाहरूले भारतका सबै राजा रजौटाहरूसँग बैबाहिक सम्बन्ध जोडेर राजपाठ पक्का गरेकोले पनि बलियो पकड छ । नेपाली चेतनामा पनि मेरो स्वार्थ अनुसार आत्मनिर्भर हुन्छु, त्यही अनुरूप भारतसँग सम्बन्ध बढाउनुपर्छ भन्ने राष्ट्रियता अझै जागेको छैन भन्ने कुरा १२१ किलोको माला चढाउनेहरूको दलालीले देखाउँछ । मोदीसँग भेट गर्न पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अगुवाहरू दर्शनभेटमा उभिएका घिनलाग्दा महामहिमहरूको चेतनाले देखाउँछ ।
अहिलेको भौतिक यो विश्वमा म बजार दिन्न तलाई द्वन्द्वमा फसाउछु भन्दैमा केही रोकिनेवाला छैन । त्यही भएर नाकाबन्दीबाट नेपालीहरू भारतको विपक्षमा उभिएको जन्मसँग मन जित्न यो धार्मिक यात्रा प्रधानमन्त्री मोदीले तय गरेका हुन् । टुटेका सम्बन्ध धार्मिक राजकीय भ्रमण गरेका हुन् भने प्रशंसा योग्य छ । नत्र भने तीन वर्ष अगाडि पशुपतिमा ३० करोड सहयोग गर्छु, भूकम्पलाई अरोबौं सहयोग गर्छु, भन्ने मोदीले अहिलेसम्म सहयोगको पोको खोलेका छैनन् । यसपटक रामायण सर्किट र अरुण तेस्रो जलविद्युत गृह उद्घाटन दुवै प्रधानमन्त्रीहरूले गरे । नेपालको पानीमा आफ्नो एकलौटी चाहना पूरा गर्ने रेलदेखि अनेक सहयोग गर्छु भन्ने यसपटक पुनः पुक्का आश्वासन दिने कहिले नबनाउने यो यात्रा हो भने धर्मको नाममा हिन्दु राष्ट्र पृथतावाद उकास्ने पनि हुनसक्छ ? यस्तो भ्रमण इ.सं. १९६२ मा चीनका प्रधानमन्त्री च्याऊयनलाई र नेरुले दिल्लीमा भेटी भारत चिनी भाइ–भाइ नारा लगाउँदै चीन भारतको १९६२को लदाक युद्ध भएको थियो ।
हामी नेपालीले पनि पानी मात्र बेच्ने तर आफू बनाउने नसक्ने बगेको पानीमा राजनीति गर्ने, देश बन्द गर्ने, कहिलेसम्म यो क्रिया रहला ? आफूले भौतिक विकास गर्न सकिदैन भने आफूलाई केही फाइदा हुन्छ भने आजको दुनियाँ ग्लोबलाइजेशन भइरहेको बेला सन्धी सम्झौता विरोधको राजनीति कतिदिन चल्ला यसमा त्यस्ता समूहले सोच्नु जरुरी छ ।
आजको दुनियाँमा कुनै मुलुकको भौत्तिक तथा अध्यामिक विकास स्वयम् ती मुलुकले पहल गर्नुपर्छ । कुटनीतिक प्रकारले देश निमार्णमा सहयोग लिनसकेपछि मात्र स्वीजरल्याण्ड, अष्ट्रेलिया, भूपरिवेक्षण भए पनि मानवीय प्राकृतिक विकास गरे जस्तै हामी पनि सक्छौं । यी दलाली गरेर राज्यसत्तामा बसेर निरकुंश शासन चलाउन अंग्रेजले जंगबहादुरलाई एक वर्ष युरोपको भ्रमण गराएको थियो । त्यसैको भरमा राणा पारिवारिकको शासन १०४ वर्षसम्म नेपाली जनतामा निरंकुशता लादिएको थियो । पाहुनाको स्वागत गर्नु राम्रो हो । पाहुनाले के सन्देश दिएर गयो, परिमाण के हुने हो भनि नेपालीजनले मोदी धार्मिक यात्रालाई पर्खेर हेर्नुछ, सबैजनालाई चेतना भया ।
महात्मा गान्धीले भनेका थिए, ‘सबै बदल्न सकिन्छ , छिमेकी बदल्न सकिदैन ।’