काँक्रेविहारमा महिलाको लास भेटियो
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ वैशाख ।
वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र एक जना महिलाको लास भेटिएको छ । दैलेखको भगवतीमाइ गाउँपालिका–५ थुवाकी धर्मशीला जैसी शनिवार मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेवारिसे अवस्थामा काँक्रेविहार जंगलमा भेटिएको धर्मशिलाको लासलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता शंकर श्रेष्ठका अनुसार उनी वीरेन्द्रनगर–९ स्थित हिरालाल शर्माको घरमा डेरा लिएर श्रीमान् भीमप्रसाद जैशीसँग बस्दै आएकी थिइन् । उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान् भीमप्रसादसँग सोधपुछ गर्दा धर्मशीला तीन दिनदेखि वेपत्ता भएको बताएका छन् । ‘डेराबाट वेपत्ता भएदेखि भिमप्रसादले खोजिरहेको थिए’ प्रवक्ता श्रेष्ठले भने, ‘मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।’
साझा बिसौनी ।