कुलतमा युवा, अभिभावकको दायित्व

सजना सुनार

‘मेरो मनमा के चलिरहेको छ म आफैलाई थाहा छैन । मेरो परिवारबाट टाढा जाउँ जस्तै लागिरहेको छ । घर परिवार साथीभाइहरूदेखि केही दिन भए पनि टाढा भएर बसौं जस्तो लाग्छ । म जन्मिएको, हुर्किएको, पढेको र बसिरहेको ठाउँबाट केही पर गएर एक्लै अनि नयाँ वातावरण, नयाँ मान्छेसँग होस् या एक्लै बस्ने मन छ’ यो कुनै सामान्य विचार वा भनाइ नभएर आज भोलिका युवायुवतीहरूको वास्तविक पीडा हो ।
यस्तै सोचिरहेका हुन्छन्, आज भोलिका प्रायः युवा युवतीहरू, आज भोलिका युवा युवतीहरूको लागि यस्तो हुन सामान्य जस्तै भइसक्यो । यसैबाट घटनाक्रम सुरु हुन्छ, त्यसमा कुनै पनि अभिभावक, समाज लगायत सबै पक्ष अनविज्ञ रहन्छ । बढ्दै गएको डिप्रेसनको समस्या कहाँनिर, कसको गल्तीले सुरुवात भएको हो भनेर ठम्याउनै मुस्किल भइरहेको छ । कुन ठाउँमा के भइरहेको छ भन्ने कुरा नै छुट्याउन मुस्किल पर्छ ।
नेपालका कयौं युवा युवतीहरूले आफ्नो क्षमता गुमाइरहेका छन् भन्दै हिँड्ने धेरै भेन्छिन् । नचाहिँदो काममा फसेका वा नचाहिँदो काममा समय खर्चिएका छन् भन्नेहरूको जमात पनि उत्तिकै छ । तर ती युवा युवतीहरू किन त्यस्तो बाटोमा लागेका छन् भनि वास्तविक कारण पत्ता लगाउनेतर्फ कसैको पनि ध्यान जान सकेको छैन । आजको युवाहरूको अवस्था देख्दा साँच्चिकै दया जागेर आउँछ । पसिना बगाउने उमेरमा धुँवा उडाइरहेका देख्छु, विना काममा महँगो–महँगो मोटरसाइकल गुडाइरहेको देख्छु, यति मात्र नभएर इन्टरनेटको दुनियाँमा आफ्नो महŒवपूर्ण समय खर्चिरहेको देख्छु । यस्ता कुराहरूका कारण समाजमा बस्ने कतिपय मान्छेहरूलाई पीडित बनाएको छ । यति हुँदा–हुँदै पनि यस्ता गतिविधि रोक्नतर्फ कसैको ध्यान जान सकेको छैन । सरोकारवाला निकायहरू कानमा तेल हालेर बसेका छन् । एक कानले सुन्ने, अर्को कानले उडाउने जस्तै गरी ।
साँच्चिकै भनौं भने मान्छे डिप्रेसनमा प¥यो भने धेरै असजिलो परिस्थति सिर्जना हुन्छ । तर कतिपय युवाहरूलाई यस्तो कुराहरू थाहा नै नभए जस्तै गरिरहेका छन् । आफू कुन अवस्थामा छु र मलाई के कुरा आवश्यकता छ भन्ने कुरा थाहा नभएको जस्तो गरिरहेका छन् । त्यस्तो समस्याबाट युवा आफैमा पीडित भइरहेको हुन्छ, अर्कोतर्फ घर परिवारको चिन्ताको विषय बनेको हुन्छ । हाम्रो छोराछोरी गलत बाटोमा लागेका छन्, अब उनीहरूलाई सही बाटोमा ल्याउन सकिदैंन की भन्ने अभिभावकहरूलाई चिन्ताको विषय बनिरहेको हुन्छ । त्यस कुरामा अभिभावकहरूको चासो पनि उत्तिकै हुन्छ तर समस्याले अभैm विकराल रूप लिदैं गइरहेको हुन्छ ।
मलाई अझै पनि याद छ, यही वीरेन्द्रनगर र आसपासका बाटोहरूमा एक्लै हिँड्दै गर्दा देखिएका दृष्यहरू, भर्खरका युवाहरू हातमा फोहोरका कट्टा लिएर अस्त–व्यस्त अवस्थामा एक्लै हाँस्दै हिँडेको त्यो दिन, मलाई पत्याउनै गाह्रो परेको त्यो दृष्य, ऊ साँच्चिकै पागल हो या होइन् । एकपछि अर्को गर्दै सडकमा फालिएका बदामका खाली खोस्टाहरू मुखमा हालेको अनि कुनै–कुनै बेला उसको अनुहार हिंस्रक जस्तै देखिने त्यो दृष्य अहिले पनि मेरो मानसपटलमा घुमिनै रहेको छ । यो एउटा उदारहरण मात्र हो, यो सहर अनि गल्ली–गल्लीहरूमा यस्तो अवस्थामा भेटिएका युवाहरूको जमात गनिनसक्नु छ ।
आज सडकका गल्ली–गल्लीमा गाँजा, ड्रग्स, मदिरा होस् या अन्य लागू औषध, किनेर होस् या चोरेरै भए पनि महँगो रक्सीमा मातिएका युवाहरूको जमातले मननै झंसग भएर आउँछ । आजको युवा यतिसम्म अचेत भइसक्यो की, आफ्नै शरीरलाई चुरोटको धुँवाले पोलिरहेको समेत पत्तो छैन । आफूले आफैलाई दाग बत्ती दिइरहेको उनीहरूलाई अत्तोपत्तो छैन । यी सबै हर्कत गरेर भए पनि उनीहरूलाई अझै सन्तुष्टि भनेछैन । आत्महत्याका घटनाहरूमा कमी आउने त कुरै भएन । दिनुहुँ आत्महत्याका घटनाहरू बढे भन्ने समाचार सुन्नुपर्छ ।
कर्णाली प्रदेशका हरेक स्कुलहरूमा हेर्ने हो भने पढ्दा पढ्दै बीचैमा छाडेर पैसा कमाउनकै लागि छिमेकी देश भारतमा जाने किशोरहरूको संख्यामा पनि कमी छैन । यति मात्र नभएर सानै उमेरमा विवाह गर्नेको संख्यामा कमी आउने त कुरै भएन । दिनानु दिन बालविवाह गर्नेको संख्यामा उत्तिकै वृद्धि भइरहेको छ । आत्महत्या, लागूऔषध सेवन जस्ता विषय हामी सबैलाई थाहा भएकै कुरा हो । हुनत बदलिंदो समयमा अभिभावकहरूलाई आफ्नै छोरा–छोरीको आवश्यकता परिपूर्ति गर्नेका लागि धौ–धौ छ । आजको युवा डिप्रेसनमा जानुको मुख्य समस्याको जड अभिभावक नै हुन् । यो कुरामा कसैको दुई मत छैन । युवा अवस्थामा आइसके पनि अभिभावकहरूले सानो बच्चालाई जस्तो व्यवहार गर्नु थाल्नुहुन्छ, उनीहरूको हरेक कुरा नराम्रो भन्न थाल्नु हुन्छ, उनीहरूको माग अस्वीकार गर्न थाल्नुहुन्छ, अझै भनौं त हरेक पटक तँ काम नलाग्ने मान्छे, केही गर्न सक्दैनस् र गर्दैनस् पनि, जस्ता तुच्छ वचन लगाउनुहुन्छ, तब जो सुकै युवा–युवतीहरूलाई एक्लोपनको महसुस हुन थाल्छ । आफ्नो अस्तित्व नै समाप्त भएको महसुस हुन्छ । त्यसपछि ऊ घरपरिवार, समाज अनि साथीभाइहरूको हुलबाट टाढा बस्न चाहन्छ । एक्लोपनको महसुसले उसलाई एक्लै बस्नका लागि प्ररित गर्छ ।
विस्तारै ऊ सबैतिरबाट एक्लो भएको महसुस गर्छ । अन्तत ऊ जुनसुकै नराम्रा कामहरू गर्न पछि पर्दैन । चाहे आफैलाई असर गरोस् या अरु कसैलाई । प्रत्येक अभिभावकहरूले बुझ्नैपर्ने कुरा यदि, त्यो व्यक्तिलाई आफ्नो अभिभावकहरूको सम्मान छैन, परिवारसँग खुल्न र रम्न सकेको छैन भने ऊ जत्ति नै प्रतिभावान, क्षमतावान भए पनि बाहिर गएर खुल्न गाह्रो हुन्छ ।
अरु कसैको अगाडि आफ्ना कुराहरू राख्न सक्दैन । अझ भनौं त कहीं गएर पनि म बेकामको छु भन्ने भावनाले ग्रसित गराउँछ । झनै लज्जित र आत्मग्लानी हुनजान्छ । त्यसैले प्रत्येक अभिभावकहरूले आफ्नो छोरा–छोरीको विषयमा चिन्तित हुन जरुरी देखिएको छ । आफ्ना छोरा–छोरीहरूलाई गाली नै नगर्ने, सम्झाउँदै नसम्झाउने भन्ने होइन सबै कुरा बुझेर सम्मानको साथमा राम्रो कुराहरू बुझेर सम्झाउन सक्नुपर्छ । यदि प्रत्येक अभिभावक र आफन्तहरूले छोरा–छोरीको आत्मसम्मान गर्नसकेको भए आवश्यक सल्लाह सुझाव दिन सकेको भए हरेक दिन बालविवाहका घटना घट्ने थिएन होला । साँच्चिकै अभिभावकहरूले चासो देखाएको भए अहिले हजारौ किशोरहरू भारतमा काम गर्न जानुपर्दैनथ्यो होला । यही त्यो हुँदैनथ्यो भने उनीहरूका भविष्य बर्बाद हुने थिएन होला । केही गर्छन् भन्ने उमेरमा आफै नसामा झुल्नुपर्ने थिएन होला । अझ भनौं त आत्महत्या जस्तो घटनाहरू घट्ने नै थिएनन् होला र बालविवाह पनि कम हुने थियो । साँच्चिकै भन्ने हो भने युवा आफैमा डिप्रेसनको समस्याबाट पीडित छन् । तर पनि उनीहरूलाई राम्रो परामर्शको बारेमा थाहा छैन । त्यस्तो अवस्थामा परामर्शको कुरा त टाढा नै छ । अहिले सञ्चार माध्यमहरूमा विभिन्न खालका चेतनामूलक कार्यक्रमहरू आउने गर्छ तर युवाहरू के कति संख्यामा पीडित छन् भन्ने कुरा कहिल्यै बाहिर आउन सकेन । हरेक युवाहरूलाई फरक–फरक खालको समस्या रहेको छ तर कहाँ गएर कोसँग सल्लाह लिने भन्ने कुरा थाहा छैन । केही ठाउँहरूमा मनोविमर्श परामर्श केन्द्र भएता पनि त्यहाँ किन जाने भन्ने कुरा पनि प्रष्ट छैन । त्यसकारण युवाहरू दिनानु दिन समस्यामा जुधिरहेका छन् । यस्ता विषयहरूमा अभिभावकहरूको मात्रै चासोको विषय होइन, युवाको सबै सरोकारवाला निकायहरूको हो । सरकारी, गैरसरकारी संघ–संस्थाहरूले त्यसतर्फ ध्यान दिनसके समृद्ध देश निर्माणका लागि सहयोग पुग्ने देखिएको छ ।
अभिभावकहरूलाई आफ्ना छोरा–छोरीसँग कस्तो व्यवहार गर्ने विषयमा ज्ञान हुन जरुरी छ । विद्यालयमा शिक्षकहरूले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा प्रष्ट हुन जरुरी छ । व्यक्ति हेरेर अन्दाज होइन त्यसको वास्तविक कारण पत्ता लगाइ समस्या समाधान गर्नुपर्छ । सरकारी र गैरसरकारी निकायहरूले मनोविमर्श परामर्श केन्द्रको व्यवस्था गरिदिनुपर्छ । डिप्रेसन र काउन्सेलिङको बारेमा युवालाई मात्र थाहा भएर हुँदैन, सबै पक्षलाई चेतना फैलाउन सक्नुपर्छ । जब प्रत्येक व्यक्ति सही बाटोमा हिँड्न जान्छ तब मात्र गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै सिठो मुलुक नै सहीबाटोमा हिँड्न सक्छ र विकास र समृद्धिको मार्गहरू प्रशस्त भेटिनछन् ।
(लेखक सुर्खेतकी सामाजिक अभियान्ता हुन् ।)

प्रकाशित मितिः   ३० बैशाख २०७५, आईतवार १७:२९