गोरीकलाका आफन्तलाई सहयोग
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ वैशाख ।
बावियाचौर डेरामा मृत भेटिएकी गोरीकला रोकायका आफन्तलाई आर्थिक सहयोग गरिएको छ । इजराइल बस्दै आएका नेपाली सरिन ख्युवा तामाङले गोरीकलाका आमा–बुबालाई नगद सहयोग गरेका हुन् । एपेक्स कम्प्युटर एण्ड एजुकेशनल एकेडेमीका निर्देशक खगेन्द्र पुलामीको पहलमा संकलन गरिएको एक लाख २० हजार सहयोग रकम शुक्रवार गोरीकलाका आमा–बुबालाई हस्तान्तरण गरिएको हो ।
सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका–३ चौरकी गौरीकला हत्या आरोपमा ट्राफिक पोष्ट बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरी कोइराला, पञ्चपुरी–८ माँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पुर्पक्षका लागि हाल थुनामा राखिएको छ ।
साझा बिसौनी ।