ब्राउनसुगरसहित एक जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ वैशाख ।
लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१ तल्लो धारापानीबाट कमल गिरी पक्राउ परेका हुन् । लागू औषध बोकी हिँडेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरीचौकी, बाङ्गेसिमलबाट खटिगएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीको शरीरमा तलासी गर्दा हातमा लुकाइ राखेको अवस्थामा तीन सय मिलिग्राम (९ पुडिया) लागू औषध ब्राउन सुगर बरामत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले बताए । उनका अनुसार गिरीलाई नियन्त्रणमा लिइ जिल्ला अदालत सुर्खेतमा लागू औषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनीमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७५, शुक्रबार १३:५२