श्रीमती र छोरी मिलेर हत्या

सुर्खेत, २६ वैशाख । (साबिस)
सुर्खेतको सिम्ता गाउँपालिका–५ काप्रीचौरका ५७ वर्षीय नहकुलकुमार शाहीको हत्या भएको छ । उनकै श्रीमती र छोरी मिलेर मंगलवार उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलवार राती ११ बजेतिर मदिरा सेवन गरेर घर आएका नहकुललाई ५२ वर्षीया श्रीमती तुल्सा शाही र २२ वर्षीया छोरी कल्पना शाहीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता शंकर श्रेष्ठले दिएको जानकारी अनुसार ५२ वर्षीय तुल्सी (श्रीमती) र २२ वर्षीय कल्पना (छोरी) लाई बुधवार इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरिसकेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दैनिक रूपमा रक्सी खाएर झै–झगडा गर्ने गरेकाले हत्या गरिएको पक्राउ परेका उनीहरूले स्वीकार गरेको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका श्रीमती र छोरीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७५, बिहीबार १६:२४