कर्णालीमा तीन वटा ‘मेघा प्रोजेक्ट’
साझा बिसौनी संवाददाता
सुर्खेत, २५ वैशाख ।
कर्णाली प्रदेशमा तीन वटा ‘मेघा प्रोजेक्ट’ सञ्चालन गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गर्दै कर्णालीमा तीन वटा मेघा प्रोजेक्ट सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।
ऊर्जा मन्त्रालयले ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ कार्यक्रम अन्तर्गत हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो जलविद्युत÷सौर्य आयोजनाको निर्माण सुरु गरिनेछ मार्गचित्र सार्वजनिक गरेको छ । जस अन्तर्गत कर्णालीमा तीन वटा योजनालाई समेटिएको छ ।
कर्णालीमा चार सय १० मेगावाटको नलगाड जलाशययुक्त जलविद्युत आयोजना, चार सय २६ मेगावाटको फुकोट कर्णाली पिकिङ रन अफ दरिभर तथा एक सय मेगावाटको जगदुल्ला पिकिङ रन अफ द् रिभरलाई उक्त योजनामा राखिएको छ ।
ऊर्जा उत्पादनमा सबैभन्दा पछि परहेको कर्णालीमा यी आयोजना सञ्चालन आएमा यहाँको आर्थिक समृद्धिममा समेट सघाउ पुग्ने विश्वास लिइएको छ । कर्णालीमा ३६ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको बताइन्छ । हाल यहाँ माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै भेरी–बबई डाइभर्सन निर्माणाधीन अवस्थामा छन् ।
त्यसैगरी जगदुल्ला, नलसिंगाड र फुकोट कर्णालीसहित तिला, बेतन–कर्णाली, सारदा लगायत सम्भाव्यता अध्ययन भइसकेका आयोजनाहरू पनि कर्णालीमा रहेका छन् । जसबाट करिब चार हजार मेगावाट विद्युत उत्पादन हुनसक्ने जनाइएको छ ।
साझा बिसौनी ।