विपन्न बालबालिकालाई सहयोग
साझा बिसौनी संवाददाता
सुर्खेत, २५ वैशाख ।
पञ्चपुरी नगरपालिकाका ४६ जना विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । एईआईएनको आर्थिक सहयोग र आवाज संस्थाको आयोजनामा मंगलवार पञ्चपुरी नगरपालिकाका ४, ५ र ६ वडाका बालबालिकालाई सहयोग गरिएको हो ।
आवाज संस्थाका अनुसार महिला, बालबालिकाको न्यायमा पहुँचको लागि संरक्षण, संयन्त्र, संरचना सहजीकरण कार्यक्रम अन्तर्गत विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको हो । कापी, कलम, पोशाग र झोला लगायत प्रति विद्यार्थी दुई हजारका दरले सहयोग गरिएको हो । ४५ जनालाई आवाजमार्फत् र एक जनालाई आरती कपडा पसलबाट सहयोग उपलब्ध गराइएको छ ।
सहयोगपछि नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले गरीब परिवारका बालबालिकालाई विद्यालयमा अध्ययनका लागि सहज बनाउन सामग्री उपलब्ध गराएकोमा आवाज संस्थालाई धन्यवाद दिएका थिए । ‘तपाईंहरूले निकै सह्रानीय काम गर्नुभएको छ, आगामी दिनमा पनि, यो सहयोगलाई निरन्तरता दिनुहोला’ प्रमुख थापाले भने, ‘हामी पनि गैरसरकारी संस्थाहरूसँग समन्वय
गर्दैै यस्ता सामाजिक कार्य बढाउन चाहन्छौं, स्थानीय तहले पनि गरीबलाई सहज हुने कुनै योजना ल्याउनेछ ।’
साझा बिसौनी ।