जुवाखालबाट तीन जना पक्राउ
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ वैशाख ।
वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । जुवा खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले आइतवार उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ४३ वर्षका बलबहादुर राना, ५९ वर्षका कालिप्रसाद शाक्य र ५५ वर्षका दानबहादुर गुरुङ्ग जुवा खेलिरहेको अवस्था पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक एवम् प्रवक्ता शंकर श्रेष्ठले जुवाखालबाट नगद ३४ हजार पाँच सय रूपैयाँ बरामद गरिएको बताए । उनका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ ।
साझा बिसौनी ।