सञ्चित कोष प्रमाणिकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ वैशाख ।
कर्णाली प्रदेश सभाको प्रदेश सञ्चित कोष विधेयक प्रमाणिकरण भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को सेवा र कार्यहरूको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धी विधेयक प्रमाणिकरण गरिएको हो ।
कर्णाली प्रदेशसभाबाट वैशाख १६ गते पारित भएको उक्त विधेयक प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रमाणिकरण गरेका हुन् । संविधाको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खनालले उक्त विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
अब प्रदेश सरकारलाई केन्द्र सरकारबाट विनियोजित एक अर्ब दुई करोड पाँच लाख रूपैयाँ खर्च गर्ने बाटो खुलेको छ । विधेयक प्रमाणिकरण भएसँगै प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च गर्न पाउने भएको हो ।

प्रकाशित मितिः   २४ बैशाख २०७५, सोमबार १५:४५