नगरपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

साझा बिसौनी संवाददाता
दैलेख, २२ वैशाख ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेको छ । सबै वडाहरूमा सडक सञ्जालमा जोडिएसँगै नगरपालिकाले जनतालाई स्वास्थ्य उपचारमा सहज बनाउन एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।


यातायात सुविधा नहुँदा स्वास्थ्य संस्था नपुगेरै ज्यान गुमाउनुपर्ने नगरबासीको बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकामार्फत् एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
विगतमा एम्बुलेन्स नहुँदा स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय बासिन्दाले बताएका छन् । नगरपालिकाले सुलभ रूपमा भरपर्दो एम्बुलेन्स सेवा दिने भएपछि नगरबासीहरू हर्षित भएका छन् । चामुण्डाबिन्द्रासैनी–६ का नगेन्द्र विष्टले नगरपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन भएसँगै जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य भएको बताए । ‘विगतमा स्ट्रेचर भए पनि बोक्ने मान्छे नहुँदा बिरामीलाई समयमा अस्पताल पु¥याउन सकिदैंन थियो’ उनले भने, ‘अब भने यस्ता समस्या अन्त्य हुनेछन् । जनताको स्वास्थ्यमा पहुँच पु¥याउन नगरपालिकाले गरेको कामले नागरिकलाई राहत मिलेको छ ।’
एम्बुलेन्स सेवा सञ्चालन भएसँगै नगरपालिकाका २६ हजार जनता लाभान्वित हुने भएका छन् । त्यस क्षेत्रका बिरामीलाई स्थानीय स्वास्थ्य केन्द्रसम्म र त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई सदरमुकाम दैलेख तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र नेपालगन्ज लैजानका लागि सहज हुने नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए ।
उनले नगरपालिकाबाट सञ्चालित एम्बुलेन्स निरन्तर सञ्चालनमा ल्याइने बताए । संविधानले नागरिकलाई दिएको भरपर्दाे स्वास्थ्य सेवा सम्बन्धी मौलिक हक कार्यान्वयनमा नगरपालिका रहेको उनले बताए । नगरपालिकाले १० लाख ५० हजारको अनुदानमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मितिः   २३ बैशाख २०७५, आईतवार १५:४७