मैनतडामा खानेपानी आयोजना शिलान्यास
साझा बिसौनी संवाददाता
सुर्खेत, १९ वैशाख ।
पूर्वी सुर्खेतको साविक मैनतडामा साढे आठ करोडको लागतमा खानेपानी आयोजना सुरु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. ६, ७, ८ (साविक मैनतडा गाविस) का करिव दुई हजार घरधुरीलाई खानेपानी पु¥याउने उद्देश्यले मैनतडा खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ ।
भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले भेरी नदीको किनारमा सो आयोजनाको शिलान्याससमेत गरेका छन् । आगामी तीन वर्षभित्र आयोजना निर्माण हुनेछ । मेघा विल्डर्स प्रालिले निर्माण जिम्मा लिएको उक्त आयोजनाको कूल बजेट करिब साढे आठ करोड रहेको छ । क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले सो आयोजनाको निगरानी गर्नेछ । भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले आयोजना सम्पन्न भएपछि साविकका मैनतडा गाविसका दुई हजार बढी घरधुरीले स्वच्छ खानेपानी पाउने विश्वास व्यक्त गरे । उनले तोकिएको अवधिभित्र आयोजना निर्माण गरिसक्न सुझाव दिए ।
अहिले त्यसक्षेत्रका बासिन्दा खोला तथा भेरीको धमिलो पानी खान बाध्य छन् । खडेरीमा पानीको अभाव र वर्षायाममा भेरी नदीको धमिलो पानीले त्यहाँका बासिन्दाहरू पानीजन्य रोगको संक्रमणबाट बर्षेनी पीडित हुने गरेका छन् । भेरी नदीको पानी लिफ्ट गरेर ल्याइ वितरण गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाले भेरीको पानी लिफ्ट गरी संकलन गर्ने र फिल्टर गरी वितरण गरिने छ ।
साझा बिसौनी ।