सूचना तथा सञ्चार दिवस मनाइयो
सुर्खेत, १९ वैशाख । (साबिस)
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७५ सुर्खेतमा पनि मनाइएको छ । कम्प्युटर एसोशिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाले बुधवार बिहान दिवसको अवसरमा प्रभातफेरी ¥याली निकालेको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको मंगलगढीचौकबाट सुरु भएको ¥याली वीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका उपसचिव भक्तबहादुर कार्कीले प्रदेश सरकारले कर्णालीलाई डिजिटल प्रदेश बनाउनका लागि गृहकार्य गरिरहेको बताए । उनले प्रदेशका १० जिल्लामा क्यान महासंघको सहकार्यमा कागजी कामलाई कम गर्दै डिजिटल तरिकाले काम गर्ने तयारी प्रदेश सरकारले गरेको बताए ।
उपसचिव उपेन्द्रकेशर खनालले मानिसको जीवन सूचना प्रविधिको विकास सँगसँगै दिनचर्याहरू पनि बदलिदैं गइरहेकाले सूचना प्रविधि विना सबै काम असम्भव जस्तै भइसकेको उल्लेख गरे । सभामा क्यान कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले नेपालमा पहिलो पटक कम्प्युटर भित्रिएको दिनका रूपमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको जानकारी दिए ।
कर्णाली प्रदेश सरकारको डिजिटल प्रदेश बनाउने कार्यमा सबैजनाले सहयोग गर्नुपर्ने उनको भनाइ छ । क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव तिलक आचार्यले गरेका थिए ।
साझा बिसौनी ।