‘बुबाको सपना पूरा गर्न प्रहरी भएँ’

नारायण नगरपालिका–६ दैलेखकी राधा सुवेदी ट्राफिक प्रहरी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यरत राधा बुबाको सपना पूरा गर्नकै लागि प्रहरी पेसामा प्रवेश गरेकी हुन् । बुबा हेमराज सुवेदी र आमा देवु सुवेदीको कोखबाट वि.सं. २०४८ सालमा राधा घरको जेठो सन्तानको रूपमा जन्मिएकी हुन् । परिआए जुनसुकै समस्यासँग जुध्न सक्ने स्वभावकी राधाले ट्राफिकको भूमिकामा रहँदा महिला भएकै कारण भोग्नुपरेका समस्या र आफ्नो पेसाका बारेमा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलिन्ः

मेरो चाहाना पनि प्रहरी सेवामा प्रवेश गरेर देशको सेवा गर्ने नै थियो । त्यो भन्दा पनि ठूलो चाहाना मेरो बुबाको मलाई प्रहरी होस् भन्ने थियो । मेरो बुबाको चाहाना पूरा गर्नको लागि नै म प्रहरी सेवामा प्रवेश गरेकी हुँ ।
मेरो हजुरबुबा मलायको लाहुरे, त्यसैको प्रभाव मेरो बुबालाई । सानैदेखि लाहुरे बन्ने सपना बोक्नुभएको थयो तर हजुरबुबाले छोरालाई दुःख हुने डरले लाहुरे अर्थात् फौंजी हुनबाट वञ्चित गर्नुभयो । आफ्नो सपनालाई पूरा गर्न मलाई मेरो बुबाले प्रहरी सेवामा प्रवेश गराउनु भएको हो ।
मलाई सानैदेखि गीत गाउन मनपथ्र्यो । अझै पनि म गीत गाउने गर्छु । तर पनि बुबाको चाहानालाई पूरा गर्नको लागि वि.सं. २०६७ सालमा म प्रहरी सेवामा प्रवेश गरेकी हुँ । म प्रहरी सेवामा प्रवेश गरे पनि मेरो बुबाआमा भने कृषि पेशामा संलग्न हुनुहुन्छ । प्रहरी सेवाबाट मलाई मेरो उचाइ र पढेलेखेको भएर नै ट्राफिक प्रहरीमा प्रवेश गराइयो । मैलै एसएलसी उत्तीर्ण गरेकी छु । प्रहरीलाई हेर्ने दृष्टिकोण समाजमा अलि फरक छ त्यसमा पनी महिला प्रहरीलाई अझै अप्ठ्यारो । प्रहरी सेवाबाट ट्राफिक प्रहरीमा प्रवेश गर्दा थुप्रै समस्या झेल्नुपर्ने । सडकमा, कार्यक्षेत्रमा जाने बुझेकाहरूले त सम्मान गर्छन् र भनेको पनि मान्छन् । तर प्रायः सवारीचालक तथा सहचालकहरू र केटाहरूले नटेर्ने गर्छन् । कहिले काहीं सीट्टी बजाउँदा नसुनेझै गर्ने र एउटै कुरा पटक–पटक सोध्ने गर्छन् । ट्राफिक महिला प्रहरीलाई कार्यालयमा थुप्रै सम्मान हुन्छ । तर कार्यक्षेत्रमा त्यो सम्मान प्राप्त गर्न निकै कठिन पर्छ । चालकहरू प्रायः गाडि रोक्दैनन् । ट्राफिक महिला प्रहरीलाई सहयोग गर्ने भन्दा पनी जिस्काउने तरिकाले प्रस्तुत हुन्छन् । मलाई कार्यक्षेत्रमा सम्मान भएन भनेर कहिल्यै हिनताबोध भएन । सम्मान नपाएकै कारण म पेशा परिवर्तन गर्ने र पेसा नै छोड्ने मनस्थितिमा पनि गइन् । मेरो पेसा देश र जनताको रक्षाका लागि हो । मलाई अरुले सम्मान गरोस् भन्ने कहिल्यै लागेन बरु मैले कार्यक्षेत्रमा रहँदा कर्तव्य र दायिŒव पूरा गर्नसकें कि सकिन त्यसमा अलि बढी चिन्ता लाग्छ । मैले पालना गरेको ट्राफिक नियमले कति जनताको जीवन सुरक्षित भयो त्यो मेरो लागि महŒवपूर्ण हो ।
हामी ट्राफिक प्रहरीहरू जनताको सुरक्षाको लागि रातदिन सडकमै बिताउने गर्छौं । घामपानी नभनी सडकमा जनताको सुरक्षाका लागि खटिने टा«फिक प्रहरीलाई समाजले हेर्ने दृष्टिकोण अलि फरक छ । त्यो फरक संस्कृति बदलियोस् भन्ने चाहाना मेरो हो । हामीले आफ्नो कर्तव्य पालन गर्न पनि ढुक्कले पाउने अवस्था छैन । त्यसो त कर्तव्य पालनकै क्रममा कतिले आफ्नो दायित्व बिर्सने गरेका पनि होलान् तर मबाट कहिल्यै त्यस्तो भएको छैन र हुने पनि छैन । मेरो सेवाबाट अथाहा सम्पत्तिको अपेक्षा मलाई छैन सामान्य जीवन चलाएर जनताको सुरक्षा गर्न पाउनु नै मेरो ठूलो धर्म हो । म मेरो पेसाप्रति सन्तुष्ट छु ।
मैलै प्रहरीमा जागिर सुरु गरेको एक वर्षपछि वि.सं. २०६८ सालमा ट्राफिक प्रहरीसँगै विवाह गरें । मेरो श्रीमान् खेमराज बस्नेतको घर पनि दैलेख नै हो । मैलै मेरो पेसा मिल्ने व्यक्तिसँग विवाह गरेकी छु । पेसा एउटै भयो भने वैवाहिक सम्बन्ध बलियो हुन्छ । ट्राफिक प्रहरी रात दिन नभनि सडकमा खटिनुपर्ने वैवाहिक जीवनमा पेसा फरक भयो भने सम्बन्ध बिग्रने डर बढी हुन्छ । अहिले एउटा छोरो छन् । वैवाहिक जीवन र जागिर सँगसँगै रमाइलो तरिकाले बतिरहेको छ । पेसा र मर्यादा भन्दा पनि देश र जनताको लागि कर्तव्यनिष्ठ भएर काम गर्नु नै महानता हो । मेरो पेसा मेरो गौरब हो चाहे अरुले सम्मान गरुन् या नगरुन् बरु म अरुको पेसालाई सधैं सम्मान गर्छु । अरुको पेसालाई सम्मान गर्ने बानीको विकास गर्नुपर्दछ ।

प्रकाशित मितिः   १९ बैशाख २०७५, बुधबार १५:२३