दुई वटा विधेयक स्वीकृत
सुर्खेत, १७ वैशाख । (साबिस)
कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कानुन निर्माणमा तीव्रता दिएको छ । प्रदेश सरकार सञ्चालनका लागि महŒवपूर्ण कानुन निर्माणलाई सरकारले प्राथमिकता दिएको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयकहरू स्वीकृत गरेको हो । कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गरेको कर्णाली प्रदेश सरकारले थप दुई विधेयक स्वीकृत गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न विधेयकहरू स्वीकृत गरेको हो ।
बैठकबाट कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा स्वीकृत गरिएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले उक्त विधेयक प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गरिएको बताइन् ।
उनका अनुसार कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी विधेयक २०७५ को मस्यौदा स्वीकृत भएको छ । उक्त विधेयक प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सहमति दिइएको मन्त्री केसीले बताइन् । आज (मंगलवार) बस्ने संसद बैठकमा दुवै विधेयकलाई पेश गर्ने तयारी प्रदेश सरकारले थालेको छ । उक्त विधेयक माथि आजै छलफल गरी पारित गरिने तयारी थालिएको बताइएको छ ।
साझा बिसौनी ।